सभापति लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको छ : रास्वपा « Khabarhub

सभापति लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको छ : रास्वपा


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार तेस्रो स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा रास्वपाले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

दिवसको अवसरमा रास्वपाले पार्टी सभापति रवि लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको आरोप लगाएको छ ।

पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले शनिबार एक शुभकामना सन्देश जारी गर्दै वैकल्पिक राजनीतिको बलियो जग निर्माण गर्ने यात्राको तीन वर्ष पूरा भइरहँदा प्राप्त जनविश्वासप्रति कृतज्ञता प्रकट गर्दै पार्टीको औचित्य पुष्टि भएको बताएका छन् ।

उनले भनेका छन्, ‘वैकल्पिक राजनीतिको बलियो जग स्थापना गर्ने अठोटका साथ हामीले यात्रा सुरु गरेको आज तीन वर्ष पूरा भएको छ । तेस्रो स्थापना दिवसको यो गौरवपूर्ण अवसरमा पार्टीको स्थापना, विस्तार र सुदृढीकरणमा निरन्तर लाग्नुहुने सबैप्रति उच्च सम्मानका साथ हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु । यो छोटो अवधिमा मन र मतमार्फत प्रदर्शित अपार जनविश्वास र भविष्यको आशाका रुपमा गरिएको चित्रणप्रति सदैव कृतज्ञ रहने छौँ ।’

तेस्रो स्थापना दिवस मनाइरहँदा केही जटिल र चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको समेत उनको भनाइ छ । उनले परिवर्तनका पक्षधर शक्तिलाई कमजोर बनाउन राज्य संयन्त्रको दुरुपयोग गरी सभापति लामिछानेविरुद्ध अनेकौँ मुद्दा लगाइएको बताएका छन् ।

उनले भनेका छन्, ‘सभापतिको प्रत्यक्ष अनुपस्थितिले अभिभावकीय स्थान रिक्त भए पनि राज्यको अनुदार चरित्रले हामीलाई थप एकताबद्ध र दृढ भने बनाएको छ । हामी कानूनी लडाइँलाई सशक्त बनाउँदै सुनियोजित षड्यन्त्रको जनस्तरबाट समेत प्रतिवाद गरिरहेका छौँ ।’

कार्यवाहक सभापति अर्यालले आफूहरू दशकौँदेखि देशमा जरा गाडेको दलतन्त्रको सिण्डिकेटले सिर्जना गरेका विकृति, विसंगतिको भण्डाफोर अभियानमा रहेको समेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १० : ५४ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण