सभापति लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको छ : रास्वपा | Khabarhub Khabarhub

सभापति लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको छ : रास्वपा


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार तेस्रो स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा रास्वपाले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

दिवसको अवसरमा रास्वपाले पार्टी सभापति रवि लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको आरोप लगाएको छ ।

पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले शनिबार एक शुभकामना सन्देश जारी गर्दै वैकल्पिक राजनीतिको बलियो जग निर्माण गर्ने यात्राको तीन वर्ष पूरा भइरहँदा प्राप्त जनविश्वासप्रति कृतज्ञता प्रकट गर्दै पार्टीको औचित्य पुष्टि भएको बताएका छन् ।

उनले भनेका छन्, ‘वैकल्पिक राजनीतिको बलियो जग स्थापना गर्ने अठोटका साथ हामीले यात्रा सुरु गरेको आज तीन वर्ष पूरा भएको छ । तेस्रो स्थापना दिवसको यो गौरवपूर्ण अवसरमा पार्टीको स्थापना, विस्तार र सुदृढीकरणमा निरन्तर लाग्नुहुने सबैप्रति उच्च सम्मानका साथ हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु । यो छोटो अवधिमा मन र मतमार्फत प्रदर्शित अपार जनविश्वास र भविष्यको आशाका रुपमा गरिएको चित्रणप्रति सदैव कृतज्ञ रहने छौँ ।’

तेस्रो स्थापना दिवस मनाइरहँदा केही जटिल र चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको समेत उनको भनाइ छ । उनले परिवर्तनका पक्षधर शक्तिलाई कमजोर बनाउन राज्य संयन्त्रको दुरुपयोग गरी सभापति लामिछानेविरुद्ध अनेकौँ मुद्दा लगाइएको बताएका छन् ।

उनले भनेका छन्, ‘सभापतिको प्रत्यक्ष अनुपस्थितिले अभिभावकीय स्थान रिक्त भए पनि राज्यको अनुदार चरित्रले हामीलाई थप एकताबद्ध र दृढ भने बनाएको छ । हामी कानूनी लडाइँलाई सशक्त बनाउँदै सुनियोजित षड्यन्त्रको जनस्तरबाट समेत प्रतिवाद गरिरहेका छौँ ।’

कार्यवाहक सभापति अर्यालले आफूहरू दशकौँदेखि देशमा जरा गाडेको दलतन्त्रको सिण्डिकेटले सिर्जना गरेका विकृति, विसंगतिको भण्डाफोर अभियानमा रहेको समेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १० : ५४ बजे

राजनीतिमा फर्किने विद्याको प्रयासबारे के भन्छन् केपी ओली ?

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी

वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढ्यो

वीरगञ्ज– मुलुकको राजस्वको ढुकुटीमा सबैभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्जस्थित वीरगञ्ज

ज्योति विकास बैंकले पायो ‘आईएसओ २७००१:२०२२’ प्रमाणपत्र​

काठमाडौं– ज्योति विकास बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता

स्याङ्जामा उद्योग तथा पसलको सङ्ख्या घट्दो

वालिङ – जिल्लामा उद्योग तथा पसलको सङ्ख्या दिनानुदिन घट्दो छ

खल्ती र आईएमई मर्ज, आजैबाट सुरू भयो एकीकृत सेवा सञ्चालन

काठमाडौं– आईएमई पे र खल्ती मर्ज भएर, साउन १ गतेदेखि