प्रकाश पौडेलले थाले विपद् पीडितका लागि ‘अभियान सहारा’ « Khabarhub

प्रकाश पौडेलले थाले विपद् पीडितका लागि ‘अभियान सहारा’


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका युवा नेता प्रकाश पौडेलले बाढीपहिरो र डुबान पर्नेहरूको उद्धार र राहतका लागि ‘अभियान सहारा’ सुरु गरेका छन् ।

एमालेनिकट अनेरास्ववियुको राजनीतिबाट बिदा भएका उनले आफूलाई सामाजिक गतिविधिमा सक्रिय गराउन थालेका हुन् । 

देशभर मनसुनका कारण बाढी पहिरो जस्ता संकट आउन थालेपछी उनले युवाहरूलाई जोडेर उद्धार र राहत अभियानलाई प्रभावकारी बनाउने तयारी गरेका हुन् । 

‘म सम्पूर्ण अग्रज तथा साथीहरूलाई ‘अभियान सहारा’मा जोडिन हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन्,’ुहामी रकम संकलन गर्ने वा वितरण गर्ने कामलाई प्राथमिकता दिँदैनौँ । हाम्रो उद्देश्य जोखिम र अप्ठ्यारोमा परेका दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रत्यक्ष सहयोगीहरूसँग जोड्ने हो।’

उनले आफूहरूको मुख्य काम भौतिक सहयोगमा केन्द्रित रहने बताएका छन् । सहभागीको अवस्था हेरेर यस अभियानलाई जिल्ला र स्थानीय तहसम्म अभियान सहारा विस्तार गरिने पनि पौडेलले बताएका छन् । 

उनले विपद्का बेला युवाहरूलाई एकीकृत रूपमा तलैसम्म परिचालन गरिने पनि बताएका छन् । ‘ुविपद्मा एकीकृत रूपमा युवाहरूलाई सम्भावित जोखिमयुक्त क्षेत्रमा परिचालन गर्ने हाम्रो योजना हो’, उनले भने, ‘हाम्रो प्राथमिकता चन्दा संकलन भन्दा जोखिममा परेकाहरूसम्म भौतिक रूपमै उपस्थित भएर राहत र उद्धार अभियान चलाउने हो ।’

पौडेलले आफूहरू आर्थिक संकलनमा नलागी पीडितहरूलाई भौतिक सहयोगसँगै स्थानीय सरकार र दाताहरूसँग सम्पर्क गराउन सक्रिय हुने बताए । पहिलो चरणमा यस अभियानमा कम्तीमा पनि ८ हजार युवाहरूले जोड्ने योजना रहेको उनले बताएका छन् । 

अनेरास्ववियुको कीर्तिपुरमा भएको महाधिवेशनबाट बिदा हुनुअघि पनि पौडेल सामाजिक काममै सक्रिय थिए । उनले यसअघि विभिन्न सामाजिक अभियान चलाइसकेका छन् ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १२ : ३७ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक