प्रकाश पौडेलले थाले विपद् पीडितका लागि ‘अभियान सहारा’ « Khabarhub

प्रकाश पौडेलले थाले विपद् पीडितका लागि ‘अभियान सहारा’


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका युवा नेता प्रकाश पौडेलले बाढीपहिरो र डुबान पर्नेहरूको उद्धार र राहतका लागि ‘अभियान सहारा’ सुरु गरेका छन् ।

एमालेनिकट अनेरास्ववियुको राजनीतिबाट बिदा भएका उनले आफूलाई सामाजिक गतिविधिमा सक्रिय गराउन थालेका हुन् । 

देशभर मनसुनका कारण बाढी पहिरो जस्ता संकट आउन थालेपछी उनले युवाहरूलाई जोडेर उद्धार र राहत अभियानलाई प्रभावकारी बनाउने तयारी गरेका हुन् । 

‘म सम्पूर्ण अग्रज तथा साथीहरूलाई ‘अभियान सहारा’मा जोडिन हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन्,’ुहामी रकम संकलन गर्ने वा वितरण गर्ने कामलाई प्राथमिकता दिँदैनौँ । हाम्रो उद्देश्य जोखिम र अप्ठ्यारोमा परेका दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रत्यक्ष सहयोगीहरूसँग जोड्ने हो।’

उनले आफूहरूको मुख्य काम भौतिक सहयोगमा केन्द्रित रहने बताएका छन् । सहभागीको अवस्था हेरेर यस अभियानलाई जिल्ला र स्थानीय तहसम्म अभियान सहारा विस्तार गरिने पनि पौडेलले बताएका छन् । 

उनले विपद्का बेला युवाहरूलाई एकीकृत रूपमा तलैसम्म परिचालन गरिने पनि बताएका छन् । ‘ुविपद्मा एकीकृत रूपमा युवाहरूलाई सम्भावित जोखिमयुक्त क्षेत्रमा परिचालन गर्ने हाम्रो योजना हो’, उनले भने, ‘हाम्रो प्राथमिकता चन्दा संकलन भन्दा जोखिममा परेकाहरूसम्म भौतिक रूपमै उपस्थित भएर राहत र उद्धार अभियान चलाउने हो ।’

पौडेलले आफूहरू आर्थिक संकलनमा नलागी पीडितहरूलाई भौतिक सहयोगसँगै स्थानीय सरकार र दाताहरूसँग सम्पर्क गराउन सक्रिय हुने बताए । पहिलो चरणमा यस अभियानमा कम्तीमा पनि ८ हजार युवाहरूले जोड्ने योजना रहेको उनले बताएका छन् । 

अनेरास्ववियुको कीर्तिपुरमा भएको महाधिवेशनबाट बिदा हुनुअघि पनि पौडेल सामाजिक काममै सक्रिय थिए । उनले यसअघि विभिन्न सामाजिक अभियान चलाइसकेका छन् ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १२ : ३७ बजे

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील

क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

काठमाडौं – मध्यपुर थिमिको संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन