संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल « Khabarhub

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको बैठकमा मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथिको छलफल चलिरहेको छ । 

रास्वपाका सांसदहरू शनिबारको बैठकमा पनि वेल घेराउ गरेर उभिरहेका छन् । तर, सभामुख देवराज घिमिरेले पूर्ववत् तरिकाले संसद्को कारबाही अघि बढाएका छन् । 

यसअघि शनिबारको बैठकमा रास्वपाकी सांसद सुमना श्रेष्ठ र राप्रपाकी सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणबारे पार्टीका धारणा राखेका थिए । सभामुख घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै रास्वपाकी सांसद श्रेष्ठले माग सुनुवाइ नभएको भन्दै आपत्ति जनाएकी थिइन् । 

राप्रपाकी सांसद कार्कीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी थिइन् । रास्वपाले शुक्रबारको संसद् बैठक बहिष्कार गरेको थियो भने राप्रपा त्यसअघिबाटै संसद् बहिष्कार गर्दै आएको थियो ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १ : ०१ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण