संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल « Khabarhub

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको बैठकमा मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथिको छलफल चलिरहेको छ । 

रास्वपाका सांसदहरू शनिबारको बैठकमा पनि वेल घेराउ गरेर उभिरहेका छन् । तर, सभामुख देवराज घिमिरेले पूर्ववत् तरिकाले संसद्को कारबाही अघि बढाएका छन् । 

यसअघि शनिबारको बैठकमा रास्वपाकी सांसद सुमना श्रेष्ठ र राप्रपाकी सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणबारे पार्टीका धारणा राखेका थिए । सभामुख घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै रास्वपाकी सांसद श्रेष्ठले माग सुनुवाइ नभएको भन्दै आपत्ति जनाएकी थिइन् । 

राप्रपाकी सांसद कार्कीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी थिइन् । रास्वपाले शुक्रबारको संसद् बैठक बहिष्कार गरेको थियो भने राप्रपा त्यसअघिबाटै संसद् बहिष्कार गर्दै आएको थियो ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १ : ०१ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक