रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग « Khabarhub

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार सुरेश रजकको परिवारलाई आर्थिक सहयोग गरेको छ । 

रास्वपाले पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा रजकको परिवारलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो । 

गत चैत १५ मा तीनकुने घटनामा मृत्यु भएका पत्रकार रजकको परिवारलाई तेस्रो स्थापना दिवसको दिन तीन लाख मानवीय सहयोग गरेको नवनियुक्त प्रवक्ता मनिष झाले जानकारी दिए । 

उनले एक्स पोस्टमा लेखेका छन्, ‘आगामी दिनमा पत्रकारको सुरक्षा प्रति राज्य संयन्त्र, राजनीतिक दल र आन्दोलनकारी जिम्मेवार रहन (रास्वपा) माग गर्दछ ।’

झाका अनुसार चेक हस्तातरण गर्न रास्वपाका नवनियुक्त महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष व्यवस्थापन विभागका सदस्य जगदीश खरेल स्व। पत्रकार रजकको घर पुगेका थिए ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १ : १२ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण