संसद्‍मा योगेश भट्टराईको प्रश्न- विपिन जोशीलाई किन स्वदेश फर्काउन सकेनौँ | Khabarhub Khabarhub

संसद्‍मा योगेश भट्टराईको प्रश्न- विपिन जोशीलाई किन स्वदेश फर्काउन सकेनौँ


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेकपा एमालेका सांसद योगेश भट्टराईले इजरायल अध्ययनका लागि गएका नेपाली युवा विपिन जोशीलाई स्वदेश फर्काउन नसक्नुको कारणबारे प्रश्न गरेका छन् । 

प्रतिनिधिसभाको शनिबारको बैठकमा जारी मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथिको छलफलमा भाग लिँदै हमासको अपहरणमा परेका विपिनलाई सकुशल स्वदेश फिर्ता ल्याउन नसक्नुका कारणबारे प्रश्न गरेका हुन् ।  

‘आज विश्वमञ्च शक्ति राष्ट्रका कारणले बदलिराखेको छ । हामीले हाम्रो विपिन जोशीलाई छुटाउन सकिराखेका छैनौँ,’ भट्टराईले भने, ‘जबकी हमास र इजरायलले सयौंको संख्यामा युद्धबन्दीहरू आदान–प्रदान ग¥यो । त्यो क्रममा हाम्रो विपिन जोशी किन हामीले ल्याउन सकेनौँ ?’ ।

उनले विपिन जोशीको रिहाइका लागि गरिएको कूटनीतिक पहलबारे समीक्षा गर्नुपर्नेमा जोड दिए ।

 ‘कहीँ हाम्रो कूटनीतिक पहल पुगेन कि ? कहीँ हामीले विदेश मामिलामा लिएका अडानले गर्दा हामी कहीँ अल्झि राखेका छौँ कि ?,’ सांसद भट्टराईले भने, ‘जसले गर्दा हामी प्रति सहानुभूति राख्नुपर्ने मुलुकले छैनन् कि दुई देशका तनावमा हामीले लिनुपर्ने नीति  ठीक ढंगले लिएका छैनौँ कि ?’ एकपल्ट हेर्ने पर्छ । समीक्षा गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  २ : ५२ बजे

सरकार भ्रष्टाचारमा लिप्त् रहिरहे सडक आन्दोलनबाट हटाउनुपर्छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई भ्रष्टाचारविरुद्ध

काठमाडौं महानगरमा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १६,१३७ विद्यार्थी छनोट

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२-०८३ का लागि कक्षा

मनाइयो साउने (कर्कट) संक्रान्ति पर्व

काठमाडौं– सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट)

अछाममा वडाध्यक्षले युवाहरूको समूह लगेर ठेकेदार कुटाएपछि…

धनगढी- अछाममा एक जना ठेकेदारमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।

उपचारको पर्खाईमा कुष्ठरोग लागेका धनवीर

सिमकोट – यहाँको सिमकोट गाउँपालिका–८ याङ्गुका ५६ वर्षीय धनवीर कामी