संघीय धर्मनिरपेक्ष गणतन्त्र रहिरहे देश टाट पल्टिन्छ : महामन्त्री बर्तौला   « Khabarhub

संघीय धर्मनिरपेक्ष गणतन्त्र रहिरहे देश टाट पल्टिन्छ : महामन्त्री बर्तौला  


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले मुलुकमा अहिलेको संघीय धर्मनिरपेक्ष गणतन्त्र ब्यवस्था अझै लामो समय रहिरहने हो भने देश टाट पल्टिने बताएका छन् । पार्टी निकट मजदुरहरूको संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन) द्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै बर्तौलाले यो व्यवस्थाले भ्रष्टहरू मात्र उत्पादन गरेको भन्दै ब्यङ्ग गरे ।

 गणतन्त्र लुटतन्त्रमा रूपान्तरण भएको यो ब्यवस्था भ्रष्टाचारीहरूको संरक्षक भएको भन्दै उनले अब ब्यवस्था र प्रणालीको परिवर्तन अत्यावश्यक भएकोमा जोड दिए । व्यवस्था परिवर्तन गर्न जनता उठ्नु पर्ने भन्दै बर्तौलाले मुलुकको ७५३ स्थानीय तहमा आन्दोलनको औचित्य र आवश्यकताबारे बहस छलफल हुने समेत बताए । 

‘हामी आन्दोलनको आन्तरिक तयारीमा जुट्नु छ , अनि एकै पटक मुलुकलाई जुरुक्क उठाउनु छ , यो अहिलेको प्रधान विषय हो’ उनले थप स्पष्ट पारे । उनले थपे कुशासन, मनपरितन्त्र , धर्मपरिवर्तन, बेरोजगारी, महङ्गी सबै कुरालाई टुलुटुलु हेरेर बस्ने होइन अब विद्रोहको तयारी गर्ने हो’ । कार्यक्रममा टुकोनका अध्यक्ष एवं राप्रपा नेपालका सहमहामन्त्री हिक्मतजङ्ग भण्डारीले अबको आन्दोलनमा श्रमजीवी बर्गले अग्रभागमा रहेर नेतृत्व लिनुपर्नेमा जोड दिए ।

सो अवसरमा नेताहरू डम्बर शिवाकोटी, राजेन्द्र लाखा , अजेलिया रन्जितकार, सङ्गिता लाखाजु लगायतले बोलेका थिए भने जेटयुसिसिका स्रोत व्यक्ति रामचन्द्र कार्कीले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ४ : ३५ बजे

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, ऊर्जा क्षेत्रलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार

हिंसामुक्त समाज निर्माण उच्च प्राथमिकतामा छ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसझङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

तीन महिनामा एक हजार ४ सय ५२ सहकारी बचतकर्ताको रकम फिर्ता गरिसक्यौँ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री

ठगी मुद्दामा पक्राउ परेका सेफ साहको दाबी : यो ४ लाख ५० हजारको चेक विवाद मात्र हो 

काठमाडौं– मिथिला थाली चेन रेस्टुरेन्टका सञ्चालक तथा चर्चित सेफ सन्तोषकुमार

अर्थतन्त्र सुधारको जग बसाल्नेगरि सरकारले बजेट ल्याएको हो : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र सुधारको जग बसाल्नेगरि सरकारले