काठमाडौंको मुटुमै रहेको रत्नपार्कमा रमाउँछन् केटाकेटी, तरुणतन्नेरी र बूढाबूढी (तस्बिरहरु) « Khabarhub

काठमाडौंको मुटुमै रहेको रत्नपार्कमा रमाउँछन् केटाकेटी, तरुणतन्नेरी र बूढाबूढी (तस्बिरहरु)



काठमाडौं- रत्नपार्क राधानीको मुटुमै अवस्थित छ । काठमाडौंमा खुला स्थान थोरै छन् । तिनैमध्येको रत्नपार्क पनि एक हो । यहाँ खाली समय बिताउने युवायुवतीसँगै घुमघामका लागि आएका पर्यटक पनि धेरै भेटिन्छन् ।

कतिपय साथीभाइको समूह पनि केही समय काट्न यहाँ आउँछन् । कोही भने परिवारसँग घुम्नका लागि पनि यहाँ आउने गरेका छन् ।

यहाँ केटाकेटीको उफ्रिपाफ्री र उछलकुद पनि उत्तिकै देखिन्छ । यहाँबाट काठमाडौंका प्रायः सबै ठाउँबाट गाडी आउँछन् । यसै कारण पनि रत्नपार्कमा मानिसहरुको भीड देखिन्छ ।

पार्कभित्र कोही पुस्तक पढिरहेका देखिन्छन् त कोही ल्यापटप चलाइरहेका भेटिन्छन् । हरियाली बगैँचा, अनि मनै लोभ्याउने फूलले रत्नपार्कलाई सुन्दर र मनमोहक बनाएको छ ।

ठाउँठाउँमा रहेका चौतारा र पिङले रत्नपार्कलाई अझ आकर्षक बनाएको छ । रत्नपार्कका विभिन्न ठाउँमा रङरोगन पनि गरिएको छ । पछिल्लो समय रत्नपार्क समय बिताउने आकर्षक थालोको रुपमा विकसित हुँदै गएको छ ।

खबरहबका हुलास शाही ठकुरीले रत्नपार्कका केही तस्बिर खिचेका छन्-

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ५ : ३१ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै