अमेरिकासँग तत्काल वार्ता सम्भावना छैन : इरानी विदेशमन्त्री « Khabarhub

अमेरिकासँग तत्काल वार्ता सम्भावना छैन : इरानी विदेशमन्त्री


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानका विदेशमन्त्री अब्बास अरागचीले इरानी जनतामाथि जारी बमबारीका बीच अमेरिकासँग वार्ताको कुनै सम्भावना रहेको बताएका छन् । 

इस्तानबुलमा पत्रकारहरूसँगको कुराकानीमा उनले भने, ‘हाम्रा नागरिक बमबारी झेलिरहेका छन् । हामी यस्तो अवस्थामा अमेरिकासँग कुनै पनि प्रकारको वार्ता गर्न सक्दैनौँ ।’ 

विदेशमन्त्री अब्बास अरागचीले सुरुवातबाट नै अमेरिका इरानमाथि भइरहेको आक्रमणमा सामेल भएको पनि दाबी गरे । यद्यपि, उनले आफ्नो दाबी पुष्टि हुने गरी कुनै प्रमाण पेस भने नगरेको बीबीसीले जनाएको छ ।

अब्बासले कुराकानीका क्रममा कूटनीतिक छलफलका लागि भने इरान तयार रहेको पनि बताए । इजरायल र इरानबीच जारी युद्धमा अमेरिकाका तर्फबाट हुने कुनै पनि हस्तक्षेप खतरनाक साबित हुने चेतावनी पनि दिए ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ५ : १९ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक