नेपाल ‘एक चीन नीति’बाट कुनै अवस्थामा दायाँबायाँ हुँदैन : उपाध्यक्ष घिमिरे « Khabarhub

नेपाल ‘एक चीन नीति’बाट कुनै अवस्थामा दायाँबायाँ हुँदैन : उपाध्यक्ष घिमिरे


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताएकी छन् ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा शनिबार आयोजित ‘अ विन्डो टु चाइना सिजाङ कार्यक्रम’लाई सम्बोधन गर्दै उनले एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्‍याएकी हुन् ।

उपाध्यक्ष घिमिरेले एक चीन नीतिमा नेपालको आधारभूत अडानलाई आन्तरिक र बाह्य परिस्थितिको बदलावले प्रभाव नपार्ने बताइन् । नेपाली भूमिमा चीनको हितविरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता उनले दोहोर्‍याइन् । ‘नेपाल एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धतामा अडिग छ’, उनले भनिन्, ‘हाम्रो प्रतिबद्धता बलियो, स्पष्ट, सीधा र अटल छ, हाम्रो भूमिमा चीनको हितविरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्‍याउन चाहन्छौँ।’

उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति चीनको निःशर्त सम्मानको नेपालले कदर गर्ने बताइन् ।

तिब्बत आफैँमा चित्रकला, बौद्ध धर्मसम्बन्धी कला सामग्रीहरू, मौलिक र परम्परागत तिब्बती लोकसंगीत, नृत्यका कारण धनी रहेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले  यो कार्यक्रमले हिमाली सौन्दर्य, परम्परा र परिवर्तन जस्ता विषयवस्तुबारे सबैलाई जानकारी गराउन तथा  तिब्बतलाई नजिकबाट बुझ्न सहयोग पुग्ने विश्वास जनाइन् ।

नेपालकी राजकुमारी भृकुटी र तिब्बती राजा स्रोङचोङ गम्पोबीचको विवाहले नेपाली कला र संस्कृतिलाई तिब्बतमा फैल्याएको बताउँदै तिब्बत केवल चीनको आँखी झ्याल मात्रै नभएर यो सांस्कृतिक, धार्मिक र मानवताको एउटा अनुपम विरासत भएको उल्लेख गरिन् ।

चीनको तिब्बत स्वशासित क्षेत्रस्थित चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङलडे दुई वर्षअघि गरेको नेपाल भ्रमणपछि तिब्बतसँग जोडिएका नाका सञ्चालन भएको, तिब्बतमा घाँस निर्यात भएको र पोखराबाट ल्हासासम्म हिमालय एयरलायन्सले सिधा उडान शुरु गरेको उनले चर्चा गरिन् ।

उपाध्यक्ष घिमिरेले यसलाई निरन्तरता दिँदै चीनका बाँकी शहरमा पनि पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट सिधा उडान नियमित गर्न सकेमा नेपाल भ्रमण वर्ष २०२५ लाई सार्थक बनाउन सकिने विश्वास लिएको बताइन् ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ६ : १४ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक