आफ्ना आदर्श नेयमारसँग ब्राजिलमा रमाउँदै लामिन यामाल | Khabarhub Khabarhub

आफ्ना आदर्श नेयमारसँग ब्राजिलमा रमाउँदै लामिन यामाल


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

बार्सिलोना- बार्सिलोनाका किशोर स्टार लामिन यामालले अन्ततः आफ्ना बाल्यकालका ‘आदर्श’ ब्राजिली सुपरस्टार नेयमारसँग भेट गर्ने मौका पाएका छन्। यामाल अहिले ब्राजिलको साओ पाउलो र रियो डी जेनेरोमा छुट्टी मनाइरहेका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा यामाल र नेयमारलाई फुटभली खेल्दै,गोल्फ बग्गीमा सयर गर्दै रमाइरहेका छन् । उनीहरू दुवैजना पौडी पोखरीमा रमाउँदै विश्राम गरिरहेको देखिन् छ।

नेयमारले शुक्रबार साँझ एक भिडियो सार्वजनिक गर्दै लेखेका छन्, ‘माई ब्रदर’, यामालले पनि जवाफमा ‘माई ब्रदर’ लेखेर निकटता र आत्मीयता प्रकट गरेका छन्।

१७ वर्षीय यामालले यस साता विश्व चर्चित सर्फिङ च्याम्पियन ग्याब्रिएल मेदिनासँग पनि समय बिताएका छन्। स्पेनको राष्ट्र टोलीसँग युएफा नेशन्स लिगको फाइनलमा पोर्चुगलसँग हार व्यहोरेसँगै यामाल अहिले ग्रीष्मकालीन विश्राममा छन्। उनी आवद्ध बार्सिलोनाले क्लब विश्वकप फुटबलमा सहभागिता जनाएको छैन ।

बार्सिलोनाका पूर्वस्टार नेयमार पनि हाल आफ्नै बाल्यकालको क्लब सान्तोसबाट खेलिरहेका छन् । क्लब विश्वकपका कारण ब्रासिलेरो लिग रोकिएकाले उनीसमेत विश्राममा छन्।

यामाल मात्र ६ वर्षको हुँदा नेयमार सान्तोसबाट बार्सिलोनामा आएका थिए। यद्यपि उनले लिओनेल मेस्सीलाई ‘सर्वश्रेष्ठ’ माने पनि उनले सबैभन्दा धेरै रमाइलो नेयमारको खेल हेर्दा भएको बताए।

‘म सात वर्षको हुँदा पहिलोपटक क्याम्प नोउमा नेयमारको खेल हेरेँ। त्यो अनुभव अविश्वसनीय थियो,’ यामालले सीएनएनसँग यस वर्षको सुरुवातमा भनेका थिए ।

‘त्यो बेला मेस्सी पनि थिए, तर नेयमार केही फरक थिए। उनी सधैँ मेरो आदर्श थिए। उनी एक स्टार, फुटबलको एक जीवित किंवदन्ती हुन्’ यामालले भने।

गत अप्रिलमा ईएसपएनसँगको अन्तर्वार्तामा उनले आफू सानो हुँदा नेयमारको जर्सी लगाउने गरेको पनि बताएका थिए। सन् २०१७ मा नेयमारलेविश्व कीर्तिमानी २२२ मिलियन युरो (करीब २५५.८ मिलियन डलर) मा बार्साबाट पीएसजी सरेका थिए।

यामालले बार्साका लागि गत सिजन उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले ५५ खेलमा १८ गोल र २५ असिस्ट गरे । यसैका आधारमा उनी बालोन डी’ओरको दौडमा पनि छन्। बार्साका पूर्व खेलाडी जेरार्ड डुलोफेउले यामाललाई ‘मेस्सी र नेयमारको सम्मिश्रण’ भनेर प्रशंसा गरेका छन्।

यस वर्षको कोपा डेल रे फाइनलअगाडि उनले कपाल पहेँलो रंगले रंग्याउनुलाई पनि नेयमारबाट प्रेरित भनेर टिप्पणी गरिएको थियो ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ७ : १७ बजे

आजका समाचार : भूमि विधेयकविरुद्ध आन्दोलनको घोषणा, मनाइयो कुशे औँसी र पाकिस्तानमा विनाशकारी बाढी

इजरायलबाट फर्किएर विपिनको आमा र बहिनीले भेटे प्रधानमन्त्रीलाईइजरायलमा सशस्त्र समूह

पर्साका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षण टोली परिचालन

काठमाडौं– पर्साको वीरगञ्जका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षणका लागि टोली

महाकाली सामुदायिक वनले आयमूलक कार्यक्रममा लगानी बढाउँदै

कञ्चनपुर– कृष्णपुर नगरपालिका-६ वञ्जरियास्थित महाकाली सामुदायिक वनले वन पैदावारको आम्दानीलाई

पहिरोले अवरुद्ध बनेको त्रिभुवनराजपथ सञ्चालन

मकवानपुर– त्रिभुवनराजपथको हेटौँडा-काठमाडौँ खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–१ बाघझोरा नजिक गएराति सुक्खा

थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै

कैलाली– पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ