महोत्तरीमा बढे सर्पदंशका घटना | Khabarhub Khabarhub

महोत्तरीमा बढे सर्पदंशका घटना


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

महोत्तरी–  असार सुरु भएसँगै पानी पर्न थालेपछि सर्पदंशका घटना बढ्न थालेका छन् । असार सङ्क्रान्तिका दिनदेखि पानी पर्न थालेसँगै महोत्तरीमा सर्पदंशका घटना बढेका हुन् । 

असार पहिलो साताभित्र २५ जना सर्पदंशका बिरामी उपचार लिन आएका सर्पदंश उपचार केन्द्र बर्दिबासले जनाएको छ । पानी पर्न थालेपछी तराईका जिल्लामा सर्पदंशका घटना बढ्ने गरेका केन्द्रमार्फत नेपाली सेनाको उपचार टोलीमा सहभागी प्राविधिक प्रमुख भोला चौधरीले बताए। 

‘गर्मीयाम र पानी परेपछि सर्प दुलोबाट बाहिर निस्कने हुँदा यस्तोबेला घटना बढ्छन् । गर्मीमा हावा खान र वर्षामा दुलो पानीले भरिँदा सर्प बाहिर निस्कने र यस्तैबेला सर्पदंशका घटना बढ्ने भएकाले आवश्यक सर्तकता अपनाउन जरुरी छ’, उनले भने। 

सामान्यतया साउनमा बढी पानी पर्ने भएकाले सर्पदंशका घटना साउनमा बढी हुँदै आएका केन्द्रले जनाएको छ । वर्षा र बढी गर्मीका कारण पनि सर्प दुलोबाट बाहिर निस्कने भएकाले वैशाखदेखि आवश्य सर्तकता अपनाउन केन्द्रका प्राविधिक प्रमुख चौधरीले सबैलाई आग्रह गरे ।

विसं २०७१ साउन ३१ गते सञ्चालनमा आएको केन्द्रले हालसम्म ३१ हजार ३०७ जनालाई उपचार दिएको छ । यस वर्षको वैशाखदेखि एक सय ६० जनाले उपचार लिएका केन्द्रको तथ्यांकमा उल्लेख छ । वैशाखमा ५२ र जेठमा ८५ घटना भएकामध्ये ६५ वटा विषालु सर्पले डसेका केन्द्रले जनाएको छ ।

सामुदायिक पहलकदमीमा स्थापना भई केन्द्रमा सेनाले उपचार गर्न तालिम प्राप्त छ जना दक्ष प्राविधिक जनशक्ति उपलब्ध गराएको छ । सर्पको उपचारमा प्रयोग गरिने ‘एन्टी स्नेक भाइल’ र कार्यालय सञ्चालनको व्यवस्थापन केन्द्रको सञ्चालक बोर्डले तथा उपचार नेपाली सेनाका तालिम प्राप्त दक्ष प्राविधिकले गर्दै आएका छन् ।

सर्पको खानी भनिने बर्दिबास नगरपालिका–१, २, ३ र १४ का वडाबस्तीमा विगतको तुलनामा सर्प घटेका पाइएको केन्द्रको सञ्चालक बोर्डका अध्यक्ष कृष्ण देवकोटाको बताए। जताततै पर्ति जग्गा खनजोत गर्ने र घर बनाउने क्रम बढेसँगै १० वर्ष पहिले भन्दा अहिले यहाँ विषालु सर्प घट्दै गएका उनको भनाइ छ ।
 

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ७ : २० बजे

५२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार

म्याग्दी– म्याग्दीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक

लामिनले बार्सिलोनामा मेसीको १० नम्बर जर्सीमा खेल्ने

काठमाडौं – लामिन यामलले बार्सिलोनाको आइकोनिक १० नम्बर जर्सी लगाउने

कर्णालीमा खाद्यान्न उत्पादनमा ह्रास, तरकारी र फलफूलमा वृद्धि

सुर्खेत- कर्णाली प्रदेशमा खाद्यान्न बालीको उत्पादनमा ह्रास आए पनि तरकारी

‘बजरंगी भाईजान– २’ को तयारीमा कबीर र सलमान

काठमाडौं– बलिउड नायक सलमान खानको मुख्य भूमिका रहेको ब्लकबस्टर फिल्म

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्