महोत्तरीमा बढे सर्पदंशका घटना « Khabarhub

महोत्तरीमा बढे सर्पदंशका घटना


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

महोत्तरी–  असार सुरु भएसँगै पानी पर्न थालेपछि सर्पदंशका घटना बढ्न थालेका छन् । असार सङ्क्रान्तिका दिनदेखि पानी पर्न थालेसँगै महोत्तरीमा सर्पदंशका घटना बढेका हुन् । 

असार पहिलो साताभित्र २५ जना सर्पदंशका बिरामी उपचार लिन आएका सर्पदंश उपचार केन्द्र बर्दिबासले जनाएको छ । पानी पर्न थालेपछी तराईका जिल्लामा सर्पदंशका घटना बढ्ने गरेका केन्द्रमार्फत नेपाली सेनाको उपचार टोलीमा सहभागी प्राविधिक प्रमुख भोला चौधरीले बताए। 

‘गर्मीयाम र पानी परेपछि सर्प दुलोबाट बाहिर निस्कने हुँदा यस्तोबेला घटना बढ्छन् । गर्मीमा हावा खान र वर्षामा दुलो पानीले भरिँदा सर्प बाहिर निस्कने र यस्तैबेला सर्पदंशका घटना बढ्ने भएकाले आवश्यक सर्तकता अपनाउन जरुरी छ’, उनले भने। 

सामान्यतया साउनमा बढी पानी पर्ने भएकाले सर्पदंशका घटना साउनमा बढी हुँदै आएका केन्द्रले जनाएको छ । वर्षा र बढी गर्मीका कारण पनि सर्प दुलोबाट बाहिर निस्कने भएकाले वैशाखदेखि आवश्य सर्तकता अपनाउन केन्द्रका प्राविधिक प्रमुख चौधरीले सबैलाई आग्रह गरे ।

विसं २०७१ साउन ३१ गते सञ्चालनमा आएको केन्द्रले हालसम्म ३१ हजार ३०७ जनालाई उपचार दिएको छ । यस वर्षको वैशाखदेखि एक सय ६० जनाले उपचार लिएका केन्द्रको तथ्यांकमा उल्लेख छ । वैशाखमा ५२ र जेठमा ८५ घटना भएकामध्ये ६५ वटा विषालु सर्पले डसेका केन्द्रले जनाएको छ ।

सामुदायिक पहलकदमीमा स्थापना भई केन्द्रमा सेनाले उपचार गर्न तालिम प्राप्त छ जना दक्ष प्राविधिक जनशक्ति उपलब्ध गराएको छ । सर्पको उपचारमा प्रयोग गरिने ‘एन्टी स्नेक भाइल’ र कार्यालय सञ्चालनको व्यवस्थापन केन्द्रको सञ्चालक बोर्डले तथा उपचार नेपाली सेनाका तालिम प्राप्त दक्ष प्राविधिकले गर्दै आएका छन् ।

सर्पको खानी भनिने बर्दिबास नगरपालिका–१, २, ३ र १४ का वडाबस्तीमा विगतको तुलनामा सर्प घटेका पाइएको केन्द्रको सञ्चालक बोर्डका अध्यक्ष कृष्ण देवकोटाको बताए। जताततै पर्ति जग्गा खनजोत गर्ने र घर बनाउने क्रम बढेसँगै १० वर्ष पहिले भन्दा अहिले यहाँ विषालु सर्प घट्दै गएका उनको भनाइ छ ।
 

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ७ : २० बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण