मुख्यमन्त्री शाहद्वारा लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन « Khabarhub

मुख्यमन्त्री शाहद्वारा लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज यहाँस्थित लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन गरेका छन् ।

सरकारले यस अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल घोषणा गरेपछि मुख्यमन्त्री शाहले पहिलोपटक अनुगमन गरेका हुन् । गत जेठ २६ मा नेपाल सरकारको मन्त्रीपरिषद बैठकले १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने स्वीकृति प्रदान गरेको थियो ।

प्रदेश सरकारले यस अस्पतालको आकस्मिक कक्ष तथा प्रयोगशालाका लागि रु दुई करोड बराबरको उपकरण हस्तान्तरण गरेको थियो । उपकरण प्रयोग भए नभएको र जनताले सेवा सुविधा पाए नपाएको विषयमा मुख्यमन्त्री शाहले अनुगमनका क्रममा जानकारी लिए । साथै अस्पतालको निर्माणाधीन भवनको जानकारी लिए ।

प्रदेश सरकारले लम्कीचुहा अस्पताललाई उपलब्ध गराएको बर्थिङ सेन्टरको आकस्मिक कक्षमा अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनट्रेटरलगायतका सामग्री प्राप्त गरी सञ्चालनमा ल्याएको र केही उपकरण नयाँ भवन निर्माण सम्पन्न भएपछि सञ्चालनमा ल्याइने अस्पतालका व्यवस्थापक जयन्द्र जैशीले जानकारी दिए ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ८ : २६ बजे

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा