नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो « Khabarhub

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर र नगरपालिकामा विविध कार्यक्रम गरी मनाइएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको संयोजनमा काठमाडौं, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगञ्ज, हेटौँडा, रौतहट र बरियारपुरलगायत सहर र नगरपालिकामा आज विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।

यस वर्षको ‘एक पृथ्वी, एक स्वास्थ्यको लागि योग’ भन्ने नाराका साथ विषयवस्तु अनुरुप अन्तरराष्ट्रिय योगदिवस ७५ दिन अगावै भारतीय राजदूतावासले गत चैत २५ गते पशुपतिनाथ मन्दिरमा योग प्रदर्शनसहितको शुभारम्भ कार्यक्रमको आयोजना गरेको थियोे ।

भारतीय सेनाका पूर्वसैनिकहरूको सक्रिय सहभागितामा अन्तरराष्ट्रिय योगदिवसका सन्दर्भ पारी भारतीय राजदूतावासले गत वैशाख १९ गते काठमाडौँस्थित इसिएचएस पोलिक्लिनिकमा योगसत्र सञ्चालन गरेको थियो । त्यस्तै गत जेठ १३ गते काठमाडौँको नेपाली सेना मुख्यालय मैदानमा योगसत्र आयोजना गरिएको थियो । जसमा नेपाली सेनाका कर्मचारीको सहभागिता थियो ।

राजदूतावासले काठमाडौंँ उपत्यकाका छ वटा युनेस्को विश्व सम्पदास्थल क्रमशः पशुपतिनाथ मन्दिर (विसं २०८१ चैत्र २५), काठमाडौंँ दरबार स्क्वायर (विसं २०८२ जेठ २३), बौद्धनाथ स्तुपा र स्वयम्भूनाथ स्तुपा (विसं २०८२ जेठ २६), चाँगुनारायण मन्दिर (विसं २०८२ जेठ २७) र पाटन दरबार स्क्वायर (विसं २०८२ जेठ ३१)मा योग आसन प्रदर्शन आयोजना गरेको थियो ।

मध्यनेपाल नगरपालिकासँगको सहकार्यमा रमणीय लमजुङमा यही असार ५ गते योग प्रदर्शन आयोजना गरिएको थियो । त्यस्तै राजदूतावासले पोखराको तीन प्रमुख स्थलमा अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यहरूका लागि प्रसिद्ध सराङकोट भ्यू पोइन्ट, पुम्दीकोटस्थित शिव मन्दिर जहाँ आध्यात्मिक शान्तिसँगै मनोरम दृश्य देख्न पाइन्छ र रमणीय अनदु डाँडामा अवस्थित सुन्दर शान्ति स्तूपमा योग प्रदर्शन सञ्चालन गरेको थियो ।

योगको उत्सवलाई निरन्तरता दिँदै राजदूतावासले असार ६ गते पोखराको फेवातालको शान्त किनारमा एक बृहत स्तरको योग र ध्यानसत्रको आयोजना गरेको थियो । असार ६ गते राजदूतावासले लुम्बिनीस्थित लुम्बिनी विकास कोषमा एक बृहतस्तरको योग प्रदर्शन आयोजना गरेको थियो ।

सन् २०२५ मा नेपालमा राजदूतावासले आयोजना गरेको अन्तरराष्ट्रिय योगदिवस समारोहको मुख्य आकर्षण पोखरा महानगरपालिकासँगको सहकार्यमा आज असार ७ गते पोखराको रङ्गशालामा आयोजित भव्य योग प्रदर्शन थियो ।

उक्त कार्यक्रममा सो क्षेत्रभरिका करिब सात हजारभन्दा बढी योग अभ्यासकर्ताको उत्साहजनक सहभागिता रहेको दूतावासले जनाएको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, भारतीय राजदूत नवीन श्रीवास्तवलगायत विशिष्ट व्यक्ति सहभागी भएका थिए ।

त्यस्तै भारतीय महावाणिज्य दूतावासले जनकपुर, चितवन, वीरगञ्ज, हेटौँडा, रौतहट र बरियारपुरमा अन्तरराष्ट्रिय योग दिवस कार्यक्रम सम्पन्न गरेको छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १० : ३३ बजे

मन्त्रिपरिषद्का ५ निर्णय: सुनसरी र सिरहामा मारिएका चारजना सहिद घोषित, एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने

मूल बीउका लागि कोदोखेती

वालिङ– स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा