सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न « Khabarhub

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न भएको छ । खेलकुद तथा दौडका मध्यमबाट पदमार्गको प्रचारप्रसारमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

पर्यटकीयस्थल चखेवा भञ्याङबाट टेम्केडाँडा हुँदै खोटाङको सीमना तावाभञ्याङ र पुनः तावाभञ्याङबाट पाँचधारे, रतिया, मझौले, हात्तीखर्क हुँदै चखेवासम्म २२ किलोमिटर दूरीमा दौड प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगितामा समूहतर्फ सिलिचोङ प्रथम, टेम्के द्वितिय र मैयुङ तृतिय बनेको आयोजक रिमाचुङ एजुकेसन एण्ड स्पोर्ट एकाडेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिए । उनका अनुसार पुरुष एकलतर्फ निर्धारित दूरी एक घण्टा ४६ मिनेट ५७ सेकेन्डमा पूरा गर्दै विशाल राई प्रथम, एक घण्टा ४८ मिनेट ३६ सेकेन्डमा पूरा गर्दै सरोज लिम्बु द्वितीय र दिपक राई तृतीय बनेका छन् ।

महिला एकलतर्फ निर्धातिर दूरी दुई घण्टा २२ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै दिर्पा बस्नेत प्रथम, कृष्मा राई द्वितीय र जुलिन राई तृतीय भएका अध्यक्ष राईले जानकारी दिए ।

प्रतियोगितामा समूहतर्फ प्रथम हुनेले प्रमाणपत्रका साथमा रु ४० हजार, द्वितीयले रु ३० हजार र तृतीयले रु २० हजार पाएका छन् । एकलतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार पाएका आयोजकले जनाएको छ ।

पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यका साथ टेम्केमैयुङ गाउँपालिकाको रु पाँच लाख आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले जनकारी दिए । गाउँपालिकाले कृषि र पर्यटनलाई जोड्दै यहाँको प्रचारप्रसार गर्ने लक्ष्यसहित बर्सेनि मुन्दुम ट्रेल रेसको आयोजना गर्दै आएको उनले बताए ।

मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै यहाँको पर्यटन प्रवर्द्धनसहित समग्र विकासका लागि जोड दिँदै आइएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए। मुन्दुम पदमार्ग सङ्घीय सरकारको एक सय गन्तव्यमा सूचीकृत मार्ग रहेकाले जिल्ला तथा छिमेकी जिल्लाका स्थानीय तहसँग सहकार्य र समन्वय गरी यहाँको विकास र विस्तार गर्ने काम भइरहेको उनले उल्लेख गरे ।

मैयुङ क्षेत्रमा पर्ने पर्यटकीयस्थलहरूको नामलाई समेटर तिनको प्रचारप्रसार, प्रवर्द्धन र संरक्षण गर्ने लक्ष्यले विभिन्न समूहको नामकरण गरिएको हो । प्रतियोगितामा नौ समूहको सहभागिता थियो । एक समूहमा तीन महिला र तीन पुरुष सहभागी छन् ।

वर्षाको समयमा पनि पदमार्गको भ्रमणमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने योजनासहित आयोजना गरिएको प्रतियोगिता सफल भएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १० : ३७ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,