ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं | Khabarhub Khabarhub

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको समय दिने घोषणा गरेका छन् ।

“हामी इरानसँग कुरा गर्नेछौं र के गर्ने भनेर निर्णय लिनेछौँ”, ट्रम्पले भने, “इरानका बारेमा अमेरिकाले के गर्ने भन्ने निर्णय अहिले नै गर्न सकिँदैन।”

ट्रम्पले गत जुन १३ देखि इरानविरुद्ध इजरायलले सुरु गरेको कारबाहीमा आफ्नो देशको सहभागिताबारे दुई हप्ताभित्र निर्णय गर्ने घोषणा गरेका हुन् ।

उनले भने, “इरान युरोपसँग होइन, संयुक्त राज्य अमेरिकासँग कुरा गर्न चाहन्छ, तेहरानले आणविक हतियार राख्ने वा नराख्ने भन्ने निर्णय लिन थप दुई हप्तांको समय पाउनेछ ।”

इजरायलले इरानमाथिको हवाई आक्रमण रोक्नुपर्ने मागलाई अस्वीकार गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले परिस्थितिले अनुमति दिएमा इरान र इजरायलबीच युद्धविरामको समर्थन गर्न सक्ने स्पष्ट पार्दै भने, “इरानीहरू होशमा आउँछन् कि आउँदैनन् भनेर हेर्नका लागि दुई हप्ता उपयुक्त समय हो।”

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १० : ५८ बजे

अन्तर्राष्ट्रिय सम्बन्धसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।

पहिलो टेस्टमा ब्याट्सम्यान हाबी : दुई दिनमा चार शतक प्रहार

लन्डन – लिड्समा जारी भारत र इङ्गल्यान्डको पहिलो टेस्टमा ब्याट्सम्यान

आठ सय घरमा खानेपानीको पहुँच

भोजपुर– लोमाखोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ

नागार्जुनस्थित एक स्टिकर गोदाममा आगलागी

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिकास्थित एक स्टिकर गोदाममा आगलागी भएको छ

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान