कञ्चनपुरमा सबैभन्दा बढी वर्षा : सतर्कता अपनाउन आग्रह « Khabarhub

कञ्चनपुरमा सबैभन्दा बढी वर्षा : सतर्कता अपनाउन आग्रह


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा धेरै पानी परेको छ।

जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरको महेन्द्रनगर स्थित हनुमाननगर मापन केन्द्रमा ४८.८ मिलिमिटर वर्षा मापन गरिएको जनाएको छ।

विभागले उक्त वर्षा देशभरकै सबैभन्दा बढी मापन भएकाले थप पानी पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

त्यसैगरि विभागले सुचना जारी गर्दै हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ।

विभागले थप वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : ५० बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा