साफ यु-२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेश भिड्ने, विजेताको टुङ्गो लाग्ने « Khabarhub

साफ यु-२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेश भिड्ने, विजेताको टुङ्गो लाग्ने


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज (सोमबार) नेपाल र आयोजक बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

आजको यो खेलले विजेताको टुङ्गो लाग्ने छ । खेल बङ्गलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ ।

यस प्रतियोगितामा नेपाल र बङ्गलादेश दोस्रो पटक आमनेसामने हुन लागेका हुन् । आफ्नो दोस्रो तथा बङ्गलादेशसँगको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो । नेपालले भुटान र श्रीलङ्कालाई भने हराएको थियो ।

यसअघिका पाँच खेलमा बङ्गलादेश अपराजित रहँदै १५ अङ्कका साथ शीर्षस्थानमा छ भने १२ अङ्क भएको नेपाल दोस्रो स्थानमा छ ।

प्रतियोगितामा विजेता बन्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । बङ्गलादेशलाई हराएको खण्डमा गोल अन्तरका आधारमा नेपाल विजेता बन्नेछ । तर बङ्गलादेशका लागि भने बराबरी गर्न सकेमात्रै पनि पर्याप्त हुनेछ ।

यसअघि, आज दिउँसो पौने ३ बजे भुटान र श्रीलङ्का भिड्ने छन् । भुटान ३ अङ्कसहित तेस्रो स्थानमा रहँदा श्रीलङ्का अङ्कविहीन हुँदै पुछारमा छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ८ : ४९ बजे

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका