शिक्षासहित तीनवटा समितिको बैठक बस्दै « Khabarhub

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत तीनवटा संसदीय समितिको बैठक बस्दैछ । सोमबार महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समिति बैठक बस्न लागेका हुन् ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय बालअधिकार परिषदद्वारा प्रकाशित बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन–२०८१ माथि छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने तयारी छ ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा जलस्रोत विधेयक– २०८१ माथि दफावार छलफल हुनेछ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ९ : ०८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका