शिक्षासहित तीनवटा समितिको बैठक बस्दै | Khabarhub Khabarhub

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत तीनवटा संसदीय समितिको बैठक बस्दैछ । सोमबार महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समिति बैठक बस्न लागेका हुन् ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय बालअधिकार परिषदद्वारा प्रकाशित बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन–२०८१ माथि छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने तयारी छ ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा जलस्रोत विधेयक– २०८१ माथि दफावार छलफल हुनेछ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ९ : ०८ बजे

भारतीय निर्वाचन आयोगमाथि विपक्षीले लगाए धाँधलीको आरोप

नयाँ दिल्ली- लामो समयदेखि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको निष्पक्ष संरक्षक

बीपीको आक्रोश – ‘के मैले इन्दिरा गान्धीसँग गएर हिन्दुस्तानको हितको खिलाफ गर्दिनँ भन्ने ?’

धर्मराज युधिष्ठिरलाई स्वर्ग आउजाउमा कुनै रोकतोक थिएन । अमेरिकी ग्रीनकार्ड

मौलिक संस्कृतिको निरन्तरताका निम्ति पर्वहरू महत्वपूर्ण छन् : प्रदेश प्रमुख मियाँ

कैलाली– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मौलिक संस्कृतिको निरन्तरतका

महिलाविरुद्धका सबै विभेद अन्त्य हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले

बैंक परिवर्तन हुँदा सामाजिक सुरक्षाभत्ता बुझ्न सास्ती

खोटाङ– बैंक परिवर्तन हुँदा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामाजिक