भरतपुर अस्पतालमा तीन महिनामा २९१ सर्पदंशका बिरामीको उपचार  « Khabarhub

भरतपुर अस्पतालमा तीन महिनामा २९१ सर्पदंशका बिरामीको उपचार 


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । वर्षा सुरु भएसँगै सर्पदंशका बिरामीको सङ्ख्या बढेको हो ।

अस्पतालका आकस्मिक कक्ष प्रमुख अलाउद्दिन मियाँका अनुसार अस्पतालले गत वैशाखमा ६०  र जेठमा १०५ जना सर्पदंशका बिरामीको उपचार गरेको छ । तीमध्ये पाँच जना विषालु सर्पले डसेका थिए ।

यस्तै असार महिनामा एक सय २६ जना सर्पदंशका बिरामीको उपचार गरिएका मध्ये नौ जना विशालु सर्पले डसेका बिरामी रहेको मियाँले जानकारी दिए ।

अस्पतालमा सर्पदंशका बिरामी चितवनसहित, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) तनहुँ, गोरखा लमजुङ्देखि आउने गरेका छन् ।

अस्पतालमा आएका बिरामीलाई कम्तीमा ६ घण्टा निगरानीमा राखेर बिरामीको लक्षण अनुसार उपचार गरिने गरेको उनको भनाइ छ ।

विषालु सर्प अन्तर्गत करेत, कोभ्रा, गोमन, भाइपर लगायतका सर्पले टोक्ने गर्दछ । करेत र गोमन, कोभ्राले टोक्दा  बिरामीको नशालाई असर पुर्‍याउने गर्दछ भने भाइपरले टोक्दा बिरामीको रगतको तत्वमा असर गर्ने उनले बताए ।

विषालु सर्पले टोकेका बिरामीलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिन्छ भने अन्यलाई आकस्मिक कक्षमा नै राखेर उपचार गरिँदै आएको छ । अहिले दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् ।

यस अस्पतालमा सर्पदंशको उपचार राम्रो हुने भएकाले यहाँ बिरामी धेरै आउने गरेको उनको भनाइ छ । 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ९ : ३९ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६