मनास्लु पदमार्गमा जथाभावी फोहर नफाल्न आग्रह | Khabarhub Khabarhub

मनास्लु पदमार्गमा जथाभावी फोहर नफाल्न आग्रह


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाको मनास्लु पदमार्गमा निस्कने फोहर सङ्कलन र व्यस्थापनका लागि विभिन्न ४० स्थानमा ‘डस्टबिन’ राखिएको छ ।

स्थानीयवासीको सहभागितामा फोहर व्यवस्थापनका लागि पदमार्गमा ‘डस्टबिन’ राखिएको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।

पदमार्गलाई सफा, सुन्दर र सुरक्षित राख्न ठाउँठाउँमा ‘डस्टबिन’ राखिएको हो । फोहर व्यवस्थापनबाट वातावरण संरक्षणमासमेत सहयोग पुग्ने उनको भनाइ छ ।

प्रमुख शेरचनले भने, ‘त्यहाँ घुम्न पर्यटकले जथभावी फोहर फ्याक्ने गर्दा मनास्लु लार्केपास पदमार्गमा जथाभावी फोहर देखिने गरेको छ । त्यसलाई व्यवस्थित र प्रभावकारी व्यवस्थापनका लागि ठाउँठाउँमा ‘डस्टबिन’ राखिएको छ ।’

मनास्लु पदमार्गमा पानीको बोतल, बिस्कुट चाउचाउका खोललगायतका फोहर यत्रतत्र देखिने गरेका थिए । ‘अब फोहरको उचित व्यवस्थापनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ, प्रमुख शेरचनले भने, ‘स्थानीयवासी सबै मिलेर पदमार्गमा पुगेका पर्यटकलाई बाटोमा फोहर फाल्न नदिने र डस्टबिनमा फाल्ने बानीलाई प्रोत्साहन गर्नसके फोहर व्यवस्थापनमा निक्कै सहज हुनेछ ।’

उनका अनुसार ‘डस्टबिन’ राख्नुअघि आयोजना कार्यालयले स्थानीय सरोकारवाला, आमा समूहलगायतसँग कार्यक्रमको प्रभावकारितालगायतको विषयमा छलफलसमेत गरेको थियो ।

स्थानीयवासी लक्ष्मी गुरुङले पदमार्गमा राखिएका ‘डस्टबिन’ले पदयात्रामा आउने पर्यटकलाई पनि राम्रो सन्देश दिने बताइन् ।

कार्यालयले स्थानीयवासीलाई फोहर व्यवस्थापन, पुनः प्रयोग र रिसाइकलको विषयमा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको छ । मनास्लु पदमार्गमा एक वर्षमा १२ हजार भन्दाबढी विदेशी पर्यटक घुम्न पुग्ने गर्दछन् । (रासस)

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १२ : १२ बजे

तीजले हाम्रो संस्कृतिक पहिचानलाई बजबुत बनाएको छ : सभापति देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुरले तीजले हाम्रो संस्कृतिक पहिचान

मृत्युको हल्ला फैलाउने व्यक्तिविरुद्ध रजा मुरादले दर्ता गरे एफआईआर

काठमाडौं – बलिउडका वरिष्ठ अभिनेता रजा मुरादले आफ्नो मृत्युको हल्ला

यस्तो बन्यो कबड्डी जोडी दयाहाङ र रिश्मा स्टारर ‘रिमै’को ट्रेलर

काठमाडौं – फिल्म ‘कबड्डी’को रिल जोडी दयाहाङ राई र रिश्मा

बङ्गलादेशमा रोहिङ्ग्याहरूको भविष्य अझै अनिश्चित

ढाका- म्यान्मारको राखाइन राज्यबाट भागेर सन् २०१७ मा बङ्गलादेश पुगेका

तीजले महिलामा सशक्तीकरणको दिशामा अघि बढ्न प्रेरणा दिन्छ : उपसभामुख राना

काठमाडौं– उपसभामुख इन्दिरा रानाले तीज पर्वले लैङ्गिक समानता र महिलाको