लुम्बिनी प्रदेश : गत आवमा सवारी दुर्घटनामा ५०६ जनाको ज्यान गयो | Khabarhub Khabarhub

लुम्बिनी प्रदेश : गत आवमा सवारी दुर्घटनामा ५०६ जनाको ज्यान गयो


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ५०६ जनाको ज्यान गएको छ । जुन अघिल्लो आवको तुलनामा बढी हो ।

आव २०८०/८१ मा प्रदेशमा सवारी दुर्घटनामा ४९६ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ भएका तीन हजार ४७९ सवारी दुर्घटनामा पाँच हजार ६९१ जना घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार ट्राफिक प्रहरीले सवारीसाधनको जाँच र कारबाहीलाई तीव्र बनाइ रहँदा सवारी दुर्घटनाका घटनामा भने वृद्धि भएको जनाएको छ । 

अघिल्लो आव २०८०/८१ मा भने एक हजार १२० सवारी दुर्घटनामा एक हजार ६९३ जना घाइते भएका थिए । अघिल्ला वर्षहरूमा मध्यम र गम्भीर दुर्घटनाका घटनालाई मात्र तथ्याङ्कमा समावेश गर्ने गरिएकोमा गत आर्थिक वर्षमा सामान्य दुर्घटनाको तथ्याङ्कसमेत समावेश गरिएकोले सङ्ख्या बढी देखिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए  ।

लुम्बिनी प्रदेशमा एक वर्षमा सवारी नियम उल्लङ्घन गर्ने विभिन्न सवारी चालकबाट रु १७ करोड ८३ लाख ८३ हजार ४११ जरिवाना सङ्कलन भएको छ । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमार्फत आव २०८१/८२ मा प्रदेशका १२ वटै जिल्लामा गरिएको जाँचको क्रममा सवारी नियम उल्लङ्घन गर्ने एक लाख ७० हजार ८० वटा सवारीसाधनबाट उक्त जरिवाना सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

सवारी नियम उल्लघनवापत सङ्कलित जरिवाना रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा ४१ लाख ४५ हजार ९१६ रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा सवारी नियम उल्लङ्घन गर्नेबाट १७ करोड ४२ लाख ३७ हजार ५०३ रुपैयाँ जरिवाना सङ्कलन भएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा जरिवाना रकम बढी सङ्कलन भए पनि सवारी नियम उल्लङ्घन गरी कारबाहीमा पर्ने सवारीसाधनको सङ्ख्यामा अघिल्लो आर्थिक वर्षमा भन्दा कमी देखिएको छ । ६३ हजार १६ ले कमी हो ।

आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ३३ हजार ९६ वटा सवारीसाधन कारबाहीमा परेका थिए भने आर्थिक वर्ष २०८१/८२ कारबाहीमा पर्ने सवारीको सङ्ख्या एक लाख ७० हजार ८० रहेको प्रहरी उपरीक्षक शर्माले बताए । 

प्रहरी उपरीक्षक शर्माका अनुसार सवारीसाधनको कारबाही सङ्ख्यामा कमी देखिए पनि जरिवाना दस्तुर वृद्धि भएको छ । यसबाट सबैभन्दा बढी रूपन्देहीमा ५० हजार ४४१ सवारीसाधन कारबाहीमा पर्दा रु छ करोड आठ लाख ४९ हजार १२  जरिवाना सङ्कलन भएको छ ।

रूपन्देहीमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमार्फत एक करोड १८ लाख ८७ हजार तीन रुपैयाँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीमार्फत चार करोड ८९ लाख ६२ हजार नौ रुपैयाँ जरिवाना सङ्कलन भएको हो ।

यस्तै बाँकेमा ३७ हजार ४३५ वटा सवारीसाधनबाट तीन करोड २७ हजार ५०३, दाङमा २१ हजार ५९० सवारीसाधनबाट दुई करोड ३१ लाख ६० हजार रुपैयाँ, कपिलवस्तुमा १३ हजार ५६१ वटा सवारीसाधनबाट एक करोड ४५ लाख ५० हजार रुपैयाँ र पश्चिम नवलपरासीमा आठ हजार ३०० सवारीसाधनबाट एक करोड छ लाख नौ हजार जरिवाना रुपैयाँ सङ्कलन भएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १२ : ३९ बजे

ग्यास चुहिएर दुई घरमा आगलागी : चार जना घाइते

झापा– हल्दिबारी गाउँपालिका–४ को एक घरमा आज आगलागी नियन्त्रण गर्ने

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरू

दोधारा चाँदनी – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह

नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्ट नै मुख्य दोषी : विप्लव

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको राजनीति

अर्थसंक्षेप : गत आवमा २ खर्ब ७७ अर्ब बढीको निर्यात, सरकारमाथि असन्तुष्ट वर्षमान र शेयर बजारमा उछाल

दुई तिहाइको सरकारले अर्थतन्त्र सुधार्न सकेन : वर्षमान पूर्व अर्थमन्त्री

‘असफाल्ट प्लान्ट’को प्रदूषणले बस्तीमा सास्ती

सिरहा– यहाँको धनगढीमाई नगरपालिका–३ बनौलीमा ‘बजरङ्गबली कन्स्ट्रक्सन’द्वारा सञ्चालित सडक निर्माणमा