स्वास्थ्य कार्यक्रमका लागि सिटीईभीटीले खुलायो आवेदन  « Khabarhub

स्वास्थ्य कार्यक्रमका लागि सिटीईभीटीले खुलायो आवेदन 


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य कार्यक्रमहरूमा अनलाइन आवेदन खुला गरेको छ । 

सीटीईभीटीले आज सूचना प्रकाशन गरी शैक्षिक सत्र २०८२-०८३ को लागि अनलाइन आवेदन खुला गरेको हो । परीक्षा नियन्त्रण कार्यालयले साउन १९ गते भित्र नियमित शुल्क र २६ गते भित्र विलम्ब शुल्क तिरेर अनलाइन आवेदन फारम भर्न विद्यार्थीहरूलाई आग्रह गरेको छ । 

नयाँ शैक्षिक सत्रदेखि प्रवेश परीक्षा नभइ एसईईमा प्राप्त जीर्पीए र विद्यालयको प्रकारको आधारमा तय हुने अंकको योगफल अनुसार योग्यता क्रमानुसार विद्यार्थी छनोट गरिने सीटीईभीटीले जनाएको छ ।  

परिषद्ले हालै जारी गरेको ‘प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२’ लागू भएसँगै यो व्यवस्था हटाइएको हो । 

निर्देशिका अनुसार अबदेखि एसईई वा एसएलसीमा प्राप्त अंकका आधारमा विद्यार्थी छनोट गरिनेछ। एसईईमा प्राप्त अंकलाई जीपीए ४ पूर्णांक मानिनेछ। 

सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई अतिरिक्त १ अंक र संस्थागत (निजी) विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ०.८५ अङ्कका दरले योग्यता क्रम तय गरिनेछ । स्वास्थ्य तर्फका कार्यक्रमहरूको सिट सङ्ख्या चिकित्सा शिक्षा आयोग, सीटीईभीटीबाट सम्बन्धन तथा पोलिटेक्निक महाशाखाबाट प्राप्त सूचनाका आधारमा निर्धारण  गरिएको हो । 

परिषद्को ‘डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०८२’ अनुसार विद्यार्थी छनोट प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ । छनोट हुने विद्यार्थीले परिषद्का आङ्गिक, साझेदार तथा निजी शिक्षण संस्थाहरूमा स्वीकृत  २८५ वटा कलेजमा भर्ना हुन पाउने छन् । 

चिकित्सा शिक्षा आयोगको २० औँ बैठकले यस वर्ष डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्न २ निजी कलेज थप गरेको छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १ : ०३ बजे

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको