पदमै रहने जापानका प्रधानमन्त्री इशिबाको चाहना « Khabarhub

पदमै रहने जापानका प्रधानमन्त्री इशिबाको चाहना


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

टोकियो- जापानका प्रधानमन्त्री शिगेरु इशिबाले चुनावमा पराजय भोगेपछि बढ्दो मूल्यवृद्धि र उच्च अमेरिकी करजस्ता चुनौतीको सामना गर्न आफू पदमा रहिरहने बताएका छन् ।

इशिबाको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी र उसको कनिष्ठ गठबन्धन साझेदार कोमेइतोले २४८ सदस्यीय माथिल्लो सदनमा आइतबार भएको मतदानको नतिजाले बहुमत कायम गर्नका लागि तीन सिट नपुग्ने देखाएको छ । गठबन्धन अहिले डाइट वा संसदको दुवै सदनमा अल्पमतमा छ, यद्यपि एलडीपी अझै पनि प्रमुख पार्टी हो ।

इशिबाले परिणामलाई गम्भीरतापूर्वक लिएको बताएका छन् । तर आफ्नो प्राथमिकता जापानमा राजनीतिक शून्यता सिर्जना हुनबाट बचाउनु र आसन्न चुनौतीहरूको सामना गर्नु अनि अमेरिकासँग कर सम्झौताको लागि अगस्ट १ को समयसीमा पनि रहेको पनि उनले बताएका छन् ।

इशिबाले भने, “मैले चुनावी परिणामप्रति आफ्नो गम्भीर जिम्मेवारी महसुस गरिरहेको छु । मैले देश र जनताप्रतिको आफ्नो जिम्मेवारी पनि पूरा गर्नुपर्छ र यो अठोट पूरा गर्न सक्छु भन्ने मेरो विश्वास रहेको छ ।”

उनले भने, “जापानको राजनीतिलाई शुन्यतामा फस्न नदिन मेरो निरन्तरता आवश्यक छ । मत परिणामले एलडिपीको पूरानो वर्चस्वलाई केही कमजोर देखाएपनि संसद्को सबैभन्दा ठूलो दलको हैसियत प्रदान गरेको छ ।”

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने र आपसी हितकारी सम्झौतामा पुग्ने आशा व्यक्त गरेका छन् ।

इशिबाको गठबन्धनले गत अक्टोबरमा भएको तल्लो सदनको चुनावमा बहुमत गुमाएपछि आइतबारको मतदान भएको हो र उनको अलोकप्रिय सरकारले संसद्मार्फत कानून बनाउने सन्दर्भमा विपक्षीलाई सहुलियत दिन बाध्य भएको छ ।

जापानमा चामलको बढ्दो मूल्य र घट्दो ज्यालालगायत अन्य सामानको मूल्यलाई कम गर्न प्रभावकारी उपायहरू अवलम्बन गर्न नसक्दा एलडिपीले ऐतिहासिक हार ब्यहोर्नुपरेको हो ।

व्यापार वार्तामा प्रगति नभएको र खाद्यान्नको आन्तरिक मौज्दातमा कमी आए पनि जापानमा अमेरिकी अटो र अमेरिकी धानको बिक्री हुन नसकेको गुनासो गर्दै कर निर्धारणका लागि सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले दबाब बढाएका समय भएको निर्वाचनले सत्तारूढ एलडिपी पार्टीलाईसफलता भने दिन सकेन ।

अगष्ट १ देखि लागू हुने गरी अमेरिकाले जापानका लागि घोषणा गरेको २५ प्रतिशत कर वृद्धि इशिबाका लागि अर्को झट्का सावित भएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १ : ४२ बजे

अमेरिका-भारत व्यापार सम्झौतामा खुसी र सतर्कता

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको अमेरिका–भारत व्यापार सम्झौतालाई

जुम्लाका ५२ वटा मतदानस्थल अति संवेदनशील

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

नरैनापुरमा डेढ सय वर्ष पुरानो धार्मिक मेला

राँझा– बाँकेको नरैनापुरमा करिव १५१ वर्षदेखि लाग्दै आएको प्रसिद्ध धार्मिक मेला

साना तथा मझौला उद्यम विकासका लागि नौ करोड ५० लाख अमेरिकी डलर स्वीकृत

काठमाडौं– विश्व बैंकले मुलुकमा साना तथा मझौला उद्यम (एसएमई) हरूको

निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी

कञ्चनपुर– छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन