बंगलादेशमा वायुसेनाको विमान विद्यालय भवनमा ठोक्कियो « Khabarhub

बंगलादेशमा वायुसेनाको विमान विद्यालय भवनमा ठोक्कियो


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा वायुसेनाको विमान विद्यालय भवनमा ठोक्किएर दुर्घटना भएको छ । राजधानी ढाकाको उत्तरा क्षेत्रमा बंगलादेशी वायुसेनाको एफ७ लडाकु विमान दुर्घटनामा परेको हो ।

घटना स्थानीय समयअनुसार सोमबार १ बजेर १८ मिनेट जाँदा भएको हो ।

बंगलादेशको ढाका ट्रिब्युन अनलाइनका अनुसार उक्त विमान माइलस्टोन स्कुल तथा कलेजको भवनमा ठोक्किएको हो । उक्त विमान ठोक्किएको भवनमा स–साना बालबालिका अध्ययन गर्दै आएको ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।

यद्यपि विमान ठोक्किएका बेला भवनमा पठनपाठन भइसकेको दाबी गरिएको छ । विमान ठोक्किएको भवनमा आगलागी भएको जनाइएको छ ।

घटनामा भएको मानवीय क्षतिको विवरण भने आइसकेको छैन । हाल घटनास्थलमा उद्धारका लागि उत्तरा, टोङ्गी, पल्लबी, कुर्मितोला, मिरपुर र पूर्वाञ्चलका अग्निसेवा खटाइएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा दुर्घटनामा परी केही व्यक्ति घाइते भएको देखाइएको छ । उनीहरुलाई उत्तरा आधुनिक अस्पताल लगिएको बताइएपनि यसको स्वतन्त्र पुष्टि भने भइसकेको छैन ।

प्रत्यक्षदर्शीले विमान एक्कासी भवनमा ठोक्किएको र ठूलो आवाज आएको जानकारी दिएका छन् । घटनापछि विद्यालय परिसरमा विद्यार्थी र शिक्षक कर्मचारीमाझ भागदौड मच्चिएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  २ : ३२ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त