बंगलादेशमा विद्यालय भवनमा विमान ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु, २० जना अस्पताल भर्ना « Khabarhub

बंगलादेशमा विद्यालय भवनमा विमान ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु, २० जना अस्पताल भर्ना


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा वायुसेनाको विमान विद्यालय भवनमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार सोमबार सोमबार १ बजेर १८ मिनेट जाँदा राजधानी ढाकाको उत्तरा क्षेत्रमा बंगलादेशी वायुसेनाको एफ७ लडाकु विमान दुर्घटनामा परेको हो ।

उक्त जहाजले वायुसेनाको प्रशिक्षणका लागि उडान भरेको थियो ।

दुर्घटनामा घाइते भएका २० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । मृतक र घाइतेको पहिचान भने सार्वजनिक भइनसकेको बंगलादेशको प्रोथोम आलो अखबारको अनलाइन संस्करणले जनाएको छ ।

घाइतेलाई राष्ट्रिय जलन तथा प्लास्टिक सर्जरी प्रतिष्ठानमा भर्ना गरिएको प्रोथोम आलोले जनाएको छ ।

बंगलादेशको ढाका ट्रिब्युन अनलाइनका अनुसार उक्त विमान माइलस्टोन स्कुल तथा कलेजको भवनमा ठोक्किएको हो । उक्त विमान ठोक्किएको भवनमा स–साना बालबालिका अध्ययन गर्दै आएको ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।

घाइते हुनेमा अधिकांश विद्यार्थी रहेका छन् ।

यद्यपि विमान ठोक्किएका बेला भवनमा पठनपाठन भइसकेको दाबी गरिएको छ । विमान ठोक्किएको भवनमा आगलागी भएको जनाइएको छ ।

हाल घटनास्थलमा उद्धारका लागि उत्तरा, टोङ्गी, पल्लबी, कुर्मितोला, मिरपुर र पूर्वाञ्चलका अग्निसेवा खटाइएको छ । त्यसबाहेक उद्धारका लागि बोर्डर गार्डका दुई प्लाटुन सैनिक परिचालन गरिएको छ ।

प्रत्यक्षदर्शीले विमान एक्कासी भवनमा ठोक्किएको र ठूलो आवाज आएको जानकारी दिएका छन् । घटनापछि विद्यालय परिसरमा विद्यार्थी र शिक्षक कर्मचारीमाझ भागदौड मच्चिएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ३ : ०७ बजे

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा भारी वर्षाको सम्भावन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही