कर्णाली ‘करिडोर’का नौ पुल बनेनन् « Khabarhub

कर्णाली ‘करिडोर’का नौ पुल बनेनन्


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मान्म– कर्णाली ‘करिडोर’का नौ वटा पुल निर्माणको काम अझै सुरु भएको छैन । करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि, बाजुरा र हुम्ला खण्डमा पर्ने नौवटा पक्की पुल अझै बन्न सकेका छैनन् । 

विक्रम संवत् २०७९ असार ३० गते ठेक्का सम्झौता भए पनि काम अझैं सुरु नभएको सडक डिभिजन कार्यालय हुम्लाका प्रमुख बेलबहादुर नेपालीले बताए। 

‘करिडोरका नौ वटा पुलको ठेक्का भएको तीन वर्ष भयो’, उनले भने। निर्माण व्यवसायीले पुलको डिजाइन स्वीकृत गराएर काम गर्नुपर्ने प्रावधानअनुसार नौमध्ये सात वटा पुलको डिजाइन नै स्वीकृत हुन बाँकी रहेको नेपालीले जानकारी दिए । 

कालीकोट खण्डका तीन, बाजुराको बड्डीगाड जुड्डी, कवाडी खोला, हुम्लाको गल्फा गाड, सल्लीसल्लासहित नौ वटा सडक पुल ठेक्का भएर पनि काम नभएको जनाउँदै कालीकोटबाट निर्वाचित प्रतिनीधिसभाका सांसद महेन्द्रबहादुर शाहीले बताए। कर्णाली करिडोरअन्तर्गत कालीकोटको फुगाड खोलाको फलामे बेलिब्रिज २०७६ को असारमा आएको बाढीले बगाएपछि पानी परेको बेला सडक बन्द हुने गरेको छ । 

पचालझरना र रास्कोटको सिमानामा पर्ने फुगाड खोला, सान्नी त्रिवेणी र रास्कोटको बीचमा पर्ने सान्निगाड खोला तथा नरहरिनाथ गाउँपालिकामा पर्ने रहगाड खुलालु खोलाको पक्की पुल बनाउने ठेक्का पाएको विकोइ कन्स्ट्रक्सनले हालसम्म पनि सडक विभागबाट पुलको डिजाइन नै स्वीकृत नगराएको सडक डिभिजन प्रमुख नेपालीले जानकारी दिए । 

कालीकोटका तीनवटा पुलको १८ करोडको ठेक्का पाएको बिकोइ कन्स्ट्रक्सनका हरिराम कोइरालाले सडक विभागबाट डिजाइन स्वीकृत हुन ढिलाइ भएकाले काम सुरु हुन नसकेको बताए। 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : १८ बजे

सुकुम्बासी विस्थापन र प्रेसमाथि ‘नाकाबन्दी’विरुद्ध नेकपा (संयुक्त)को सडकमै पत्रकार सम्मेलन

काठमाडौं– नेकपा (संयुक्त)ले सुकुम्वासीहरूको अमानवीय विस्थापन र प्रेस क्षेत्रमाथि भइरहेको आर्थिक

पूर्णबहादुरसँग गगन-विश्वको एक घण्टा संवादपछि सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवादको निकास अझै ननिस्किएका बेला बुधबार

होर्मुजमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण, चालक दलका केही सदस्य घाइते

तेहरान- मध्यपूर्वमा बढ्दो तनावबीच होर्मुज जलडमरूमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण

बस्ती खाली गर्दा तीन विद्यालय भत्किए, विद्यार्थीको शिक्षा निरन्तरताका लागि स्थानान्तरण

काठमाडौं– काठमाडौं उपत्यकाका नदी किनारका अतिक्रमित तथा सुकुमवासी बस्ती हटाउने

इरानका विदेशमन्त्री बेइजिङ पुगे, मुख्य एजेन्डा : युद्धविराम र होर्मुज जलक्षेत्र

बेइजिङ- इरानका विदेशमन्त्री अब्बास अराघची चीनको राजधानी बेइजिङ पुगेका छन्