कृषिमन्त्री अधिकारीको एक वर्ष : के-के भए उपलब्धी ? | Khabarhub Khabarhub

कृषिमन्त्री अधिकारीको एक वर्ष : के-के भए उपलब्धी ?


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नीतिगत तथा संस्थागत सुधार गरि कृषकहरूलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधारहरू भएको बताएका छन् ।  

सोमबार मन्त्रालयमा आफ्नो कार्यकालको एक वर्षमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दै मन्त्री अधिकारीले मन्त्रालयले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानहरूको जीवनस्तर सुधार लाई प्रमुख प्राथमिकतामा राखी कार्य गर्दै आएको उल्लेख गरे ।

यस अवधीमा विगत लामो समय देखि समस्याका रुपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको उनले बताए । 

त्यस्तै रासायनिक मल खरिद सम्बन्धी नियमावली संशोधन र रासायनिक मल वितरण सम्बन्धी कार्यविधि संशोधन गरिएको र यसबाट रासायनिक मल आपूर्ति तथा वितरण व्यवस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा राखेको मन्त्री अधिकारीले उल्लेख गरे ।

उनले कृषि क्षेत्रको एकीकृत कानुनको रुपमा रहेको कृषि विधेयक तथा राष्ट्रिय कृषि नीति तर्जुमा भै मन्त्री परिषद्मा लैजाने अन्तिम तयारी रहेको र पशु कल्याण ऐनलाई पनि अन्तिम रूप दिइएको  पनि जानकारी दिए ।

मन्त्री अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) सम्बन्धी अध्ययन गरी पुनर्संरचना एंव व्यवसायिक सुधारका लागि २३ बुँदे कार्ययोजना तथा सञ्चालन मोडालिटी तयार भएको छ। चीनमा दुग्ध पदार्थ र मासु निर्यातका लागि भन्सार सहजिकरण सम्बन्धी कार्य गरिएको बताए ।

उनले चालु आर्थिक वर्षमा बाँदर लगायतका कृषि हानिकारक वन्यजन्तु नियन्त्रणका लागि पाइलट कार्यक्रम, प्रांगारिक कृषि प्रवर्द्धन र माटो स्वास्थ्य सुधार अभियान कार्यक्रम, निर्यातजन्य बाली-वस्तुहरुको उत्पादन वृद्धि, प्रांगारिक प्रमाणीकरण र निर्यात सहजीकरण जस्ता केही नवीन र परिणाममुखी कार्यक्रमहरू अघि सारेको उल्लेख गरे ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : २१ बजे

भियतनामका उपराष्ट्रपति सुआन स्वदेश फिर्ता

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

भाद्र शुक्ल तृतीया : आज तीजको व्रत

काठमाडौं – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ १० गते मंगलबार। भाद्र

आज २०८२ साल भदौ १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १० गते मंगलबार। भाद्र