पाकिस्तानमा मनसुनी प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या २ सय १६ पुग्यो | Khabarhub Khabarhub

पाकिस्तानमा मनसुनी प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या २ सय १६ पुग्यो


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- मनसुनी वर्षाले गर्दा जुन २६ देखि मृत्यु हुनेको सङ्ख्या २ सय १६ पुगेको तथा ५ सय ८० जना घाइते भएको पाकिस्तानको प्रकोप व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै जियो टिभीले जनाएको छ ।

पाकिस्तानमा विगत २४ घण्टामा वर्षा र बाढीसम्बन्धी घटनाका कारण कम्तिमा १३ जनाको मृत्यु भएकोे सोमबार जियो टिभीले जनाएको हो ।

निरन्तरको वर्षाका कारण बाढी र डुबान हुँदा धेरै मानवीय हताहत भएको हो । सबैभन्दा बढी मृत्यु बाढी र पहिरोका कारण घरहरू भत्किएर वा डुबानमा परेर भएको बताइएको छ भने केहीको चट्याङ र अन्य मौसमी विपत्का कारण भएको हो ।

पाकिस्तानको विपद् व्यवस्थापन निगरानी निकायले पछिल्लो २४ घण्टामा पञ्जाबमा १२ र खैबर पख्तुनख्वामा एक जनाको मृत्यु भएको जनाएको छ ।

पीडितमध्ये चार बालबालिका र तीन महिला छन् । मनसुनी बर्षा सुरु भएदेखि १०१ जना बालबालिकाको मृत्यु भएको बताइएको छ ।

एनडिएमएले जारी गरेको विज्ञप्तिमा वर्षा सुरु भएदेखि लगभग ८ सय घरहरू ध्वस्त भएका छन्, भने लगभग २ सय जनावरहरूको मृत्यु भएको छ ।

युएन न्यूजको हालैको रिपोर्टअनुसार खैबर पख्तुनख्वा र गिलगिट बाल्टिस्तान क्षेत्रमा पनि हिमनदीको तालबाट बाढी आउने डर छ ।

सन् २०२२ मा मनसुनी बाढीले एक हजार ७ सयभन्दा बढी मानिसहरूको ज्यान लिनुका साथै लाखौँ व्यक्ति विस्थापित भएको र लगभग ४० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : ४६ बजे

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न