मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल « Khabarhub

मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल भएको छ । 

सिंहदरबारमा सोमबार बसेको बैठकमा संशोधनकर्ता सांसदहरूले आफ्नो मिडिया काउन्सिल विधेयकमाथि राखेको संशोधनका बारेमा जानकारी गराएका थिए ।

उनीहरूले काउन्सिलको अध्यक्षको नियुक्तिको व्यवस्थामा गम्भीर ध्यान दिनुपर्ने, मिडिया काउन्सिललाई स्वतन्त्र र स्वायत्त बनाउनुपर्ने सुझाव दिएका थिए । संशोधनकर्ता सांसद दुर्गा राईले काउन्सिलको अध्यक्ष हुन १५ वर्ष र सदस्यको १० वर्षको अनुभव हुनुपर्ने बताइन् ।

त्यस्तै संशोधनकर्ता सांसद नारायणी शर्माले विधेयकमा सामाजिक सञ्जाल भन्ने शब्दको ठाउँमा सामाजिक सञ्जालका रूपमा रहेका एप्लीकेशनका पत्रकारिता व्यवसाय सञ्चालन गर्ने भन्ने शब्द राख्नुपर्ने सुझाव दिइन् ।

विधेयकमाथि संशोधनकर्तासँगको छलफल मंगलबार सकिने समिति सभापति अम्बरबहादुर थापाले जानकारी दिए । विधेयकमाथि सामूहिक र एकल गरी १९ वटा संशोधन दर्ता भएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : ०५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका