मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल | Khabarhub Khabarhub

मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल भएको छ । 

सिंहदरबारमा सोमबार बसेको बैठकमा संशोधनकर्ता सांसदहरूले आफ्नो मिडिया काउन्सिल विधेयकमाथि राखेको संशोधनका बारेमा जानकारी गराएका थिए ।

उनीहरूले काउन्सिलको अध्यक्षको नियुक्तिको व्यवस्थामा गम्भीर ध्यान दिनुपर्ने, मिडिया काउन्सिललाई स्वतन्त्र र स्वायत्त बनाउनुपर्ने सुझाव दिएका थिए । संशोधनकर्ता सांसद दुर्गा राईले काउन्सिलको अध्यक्ष हुन १५ वर्ष र सदस्यको १० वर्षको अनुभव हुनुपर्ने बताइन् ।

त्यस्तै संशोधनकर्ता सांसद नारायणी शर्माले विधेयकमा सामाजिक सञ्जाल भन्ने शब्दको ठाउँमा सामाजिक सञ्जालका रूपमा रहेका एप्लीकेशनका पत्रकारिता व्यवसाय सञ्चालन गर्ने भन्ने शब्द राख्नुपर्ने सुझाव दिइन् ।

विधेयकमाथि संशोधनकर्तासँगको छलफल मंगलबार सकिने समिति सभापति अम्बरबहादुर थापाले जानकारी दिए । विधेयकमाथि सामूहिक र एकल गरी १९ वटा संशोधन दर्ता भएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : ०५ बजे

भियतनामका उपराष्ट्रपति सुआन स्वदेश फिर्ता

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

भाद्र शुक्ल तृतीया : आज तीजको व्रत

काठमाडौं – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ १० गते मंगलबार। भाद्र

आज २०८२ साल भदौ १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १० गते मंगलबार। भाद्र