चाक्सीबारी बैठक : सरकारले जनहितमा काम गर्नुपर्नेमा जोड « Khabarhub

चाक्सीबारी बैठक : सरकारले जनहितमा काम गर्नुपर्नेमा जोड


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले गठबन्धनको भावनाबमोजिम सरकारले जनहितमा व्यापक काम गर्नुपर्नेमा जोड दिएका छन् । 

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सोमबार सम्पन्न बैठकले जनहितमा सरकारले काम गर्न सक्नुपर्नेमा जोड दिएको हो । 

बैठकपछि कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले गठबन्धनको भावनाबमोजिम जनहितमा व्यापक काम गर्न सरकारलाई उपप्रधानमन्त्री सिंहमार्फत् सुझाव दिएको जानकारी दिए ।  

‘देशको समसामयिक परिस्थितिका बारेमा छलफल गर्‍यौँ। सरकारले प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्छ भनेर नेपाली कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व गर्नुभएका प्रकाशमानजीलाई हामीले भनेका छौँ,’ उनले भने, ‘उहाँले प्रधनमन्त्रीसँग कुरा राख्नुहुन्छ । गठबन्धनको भावनाबमोजिम सरकारले जनताको हितमा व्यापक काम गर्न सक्नुपर्छ । आजको हाम्रो यही मान्यता रहेको छ ।’

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : १० बजे

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको

भक्तपुरका बाटोबाटोमा धान

ख्वप– हिजोआज भक्तपुरमा  फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान