चाक्सीबारी बैठक : सरकारले जनहितमा काम गर्नुपर्नेमा जोड « Khabarhub

चाक्सीबारी बैठक : सरकारले जनहितमा काम गर्नुपर्नेमा जोड


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले गठबन्धनको भावनाबमोजिम सरकारले जनहितमा व्यापक काम गर्नुपर्नेमा जोड दिएका छन् । 

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सोमबार सम्पन्न बैठकले जनहितमा सरकारले काम गर्न सक्नुपर्नेमा जोड दिएको हो । 

बैठकपछि कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले गठबन्धनको भावनाबमोजिम जनहितमा व्यापक काम गर्न सरकारलाई उपप्रधानमन्त्री सिंहमार्फत् सुझाव दिएको जानकारी दिए ।  

‘देशको समसामयिक परिस्थितिका बारेमा छलफल गर्‍यौँ। सरकारले प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्छ भनेर नेपाली कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व गर्नुभएका प्रकाशमानजीलाई हामीले भनेका छौँ,’ उनले भने, ‘उहाँले प्रधनमन्त्रीसँग कुरा राख्नुहुन्छ । गठबन्धनको भावनाबमोजिम सरकारले जनताको हितमा व्यापक काम गर्न सक्नुपर्छ । आजको हाम्रो यही मान्यता रहेको छ ।’

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : १० बजे

लघुवित्त पीडित आज पनि धर्नामा (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितहरूले आज बुधबार दोस्रो दिन पनि काठमाडौंको माइतीघरमा

कप्तानगञ्ज तनाव साम्य बन्दै, छानबिन टोली घटनास्थलमा

काठमाडौं– सुनसरीको कप्तानगञ्ज क्षेत्रमा आइतबार रातिदेखि उत्पन्न भएको तनाव अहिले साम्य

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको