‘होस्टल’को चौथो श्रृङ्खला ‘होस्टेल अगेन’ बनाउँदै सशान « Khabarhub

‘होस्टल’को चौथो श्रृङ्खला ‘होस्टेल अगेन’ बनाउँदै सशान


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको हिट फिल्म ‘होस्टल ३’का निर्देशक सशान कँडेलले ‘होस्टेल अगेन’ निर्माणको घोषणा गरेका छन् ।

‘होस्टेल अगेन’ फिल्म ‘होस्टल’को चौथो श्रृङ्खला रहेको निर्देशक कँडेलले बताए ।

निर्देशक कँडेलले डेब्यू फिल्म ‘होस्टल ३’को सफलतापछि ‘बाउ भर्सेस’ छोरा निर्माणको घोषणा गरेका थिए ।

कलाकारहरुको व्यस्तताका कारण उक्त फिल्म निर्माणलाई थाती राख्दै ‘होस्टल अगेन’ बनाउने निर्णयमा पुगेको उनले बताए ।

उनले लेखेका छन्, ‘धेरै फिल्महरु निर्माण भइरहेकाले हामीले अनुबन्ध गर्न खोजिएका कलाकारहरूको यो वर्ष समय नमिलेको कारणले दोस्रो कोसेलीको रूपमा निर्माण गर्न खोजिएको बाउ भर्सेस छोरा चाहिँ ०८३ मात्र बन्ने जानकारी गराउँछौं ।’

यस फिल्मका कलाकारहरु चयनको काम बाँकी रहेको उनले जानकारी दिएका छन् । तथापि ‘होस्टल ३’का कलाकारहरु यसमा दोहोरिने उनले संकेत गरेका छन् ।

उनले लेखेका छन्, ‘होस्टल ३ का साथीहरु पनि क्रमशः जोडिदै जानुहुनेछ ।’

यो फिल्मको छायाङ्कन यही वर्ष हुने कँडेलले बताएका छन् ।

यस फिल्मको कथा निर्देशक कँडेलकै हो । पटकथा भने माधव शर्माको रहनेछ । निर्माता शंकर कोइराला हुन् । यी तीन जना ‘होस्टल ३’का टिम हुन् ।

सम्मान इन्टरटेन्मेन्ट ब्यानरले आरोकन फिल्मसँग सहकार्य गरेर यो फिल्म बन्न लागेको हो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : १६ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको