बंगलादेशमा विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, १६४ घाइते, मंगलबार राष्ट्रिय शोक घोषणा « Khabarhub

बंगलादेशमा विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, १६४ घाइते, मंगलबार राष्ट्रिय शोक घोषणा


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा विद्यालय भवनमा विमान ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । दुर्घटनामा अरु १ सय ६४ जना घाइते भएका छन् ।

वायुसेनाको विमान स्थानीय समयअनुसार सोमबार सोमबार १ बजेर १८ मिनेट जाँदा राजधानी ढाकाको उत्तरा क्षेत्रमा रहेको विद्यालय भवनमा ठोक्किएको हो । बंगलादेशी वायुसेनाको एफ–७ लडाकु विमान दुर्घटनामा परेको बंगलादेशी सञ्चार माध्यमले जनाएका छन् ।

उक्त जहाजले वायुसेनाको प्रशिक्षणका लागि उडान भरेको थियो ।

बंगलादेशको ढाका ट्रिब्युन अनलाइनका अनुसार उक्त विमान माइलस्टोन स्कुल तथा कलेजको भवनमा ठोक्किएको हो । घाइते हुनेमा अधिकांश विद्यार्थी रहेको बंगलादेशको प्रोथोम आलो अखबारको अनलाइन संस्करणले जनाएको छ ।

विमान ठोक्किएको भवनमा आगलागी भएको जनाइएको छ ।

प्रत्यक्षदर्शीले विमान एक्कासी भवनमा ठोक्किएको र ठूलो आवाज आएको जानकारी दिएका छन् । घटनापछि विद्यालय परिसरमा विद्यार्थी र शिक्षक कर्मचारीमाझ भागदौड मच्चिएको थियो ।

दुर्घटनासँगै बंगलादेशको अन्तरिम सरकारले भोलि मंगलबारका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ । शोकका दिन देशभित्र र देशबाहिर रहेका सबै सरकारी, गैरसरकारी तथा स्वायत्त संस्थामा राष्ट्रिय झण्डा आधा झुकाइने जनाइएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : २८ बजे

सबैभन्दा बढी प्युठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

कैलाली । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा