बलोच समुदायका बन्दी रिहा गर्न पाकिस्तानलाई एमनेस्टीको आग्रह « Khabarhub

बलोच समुदायका बन्दी रिहा गर्न पाकिस्तानलाई एमनेस्टीको आग्रह


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले पाकिस्तानलाई बलोच समुदायका बन्दी रिहा गर्न आह्वान गरेको छ । मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले पाकिस्तानलाई बलोच समुदायका बन्दी रिहा गर्न आग्रह गरेको हो ।

एमनेस्टीले विभिन्न आरोपमा हाल बन्दी जीवन बिताइरहेका डा. महरङ बलोच, विबर्ग जेहरी, बिबो बलोच, शाह जी सिबघत उल्लाह, घफार कम्बारानी र गुलजदी बलोचलाई रिहा गर्न आग्रह गरेको हो । उनीहरुलाई गैरन्यायिक रुपमा नियन्त्रणमा लिइएको एमनेस्टीको ठहर छ ।

एमनेस्टीले जारी गरेको विज्ञप्तिमा बन्दीहरुको सुरक्षाप्रति चिन्ता व्यक्त गरिएको छ । बलोच समुदायको अधिकारका लागि शान्तिपूर्ण अभियानमा संलग्न रहेका अभियन्तालाई पक्राउ गरिएकोमा निन्दा गर्दै एमनेस्टीले उनीहरुको पक्राउले पाकिस्तानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुन उल्लङ्घन भएको जनाएको छ ।

पाकिस्तानले बलोचिस्तान प्रान्तमा प्रतिआतंकवाद एवम् कानुन कार्यान्वयनका नाममा सुरक्षा कारवाही सञ्चालन गर्दै आएको छ । बलोचिस्तानमा लामो समयदेखि स्वतन्त्रता माग राख्दै आन्दोलन चलिरहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : ५० बजे

भारी वर्षाको कारण जलमग्न सहभागिता मार्ग (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग जलमग्न

सरकारको नयाँ सिस्टमले हैरान युवा, सातादेखि भर्न पाएनन् राहदानीको आवेदन फारम

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षसँगै लागु गरेको नयाँ प्रणालीका कारण

जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

विराटनगर– सरकारले जिटुजीमार्फत् खरिद गरेको रासायनीक मल विराटनगर आउन शुरु

पछिल्लो पाँच वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्चका न्यायाधीशमा नरिश्वर पहिलो

काठमाडौं- पछिल्लो पाँच आर्थिक वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्च

ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन