बलोच समुदायका बन्दी रिहा गर्न पाकिस्तानलाई एमनेस्टीको आग्रह | Khabarhub Khabarhub

बलोच समुदायका बन्दी रिहा गर्न पाकिस्तानलाई एमनेस्टीको आग्रह


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले पाकिस्तानलाई बलोच समुदायका बन्दी रिहा गर्न आह्वान गरेको छ । मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले पाकिस्तानलाई बलोच समुदायका बन्दी रिहा गर्न आग्रह गरेको हो ।

एमनेस्टीले विभिन्न आरोपमा हाल बन्दी जीवन बिताइरहेका डा. महरङ बलोच, विबर्ग जेहरी, बिबो बलोच, शाह जी सिबघत उल्लाह, घफार कम्बारानी र गुलजदी बलोचलाई रिहा गर्न आग्रह गरेको हो । उनीहरुलाई गैरन्यायिक रुपमा नियन्त्रणमा लिइएको एमनेस्टीको ठहर छ ।

एमनेस्टीले जारी गरेको विज्ञप्तिमा बन्दीहरुको सुरक्षाप्रति चिन्ता व्यक्त गरिएको छ । बलोच समुदायको अधिकारका लागि शान्तिपूर्ण अभियानमा संलग्न रहेका अभियन्तालाई पक्राउ गरिएकोमा निन्दा गर्दै एमनेस्टीले उनीहरुको पक्राउले पाकिस्तानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुन उल्लङ्घन भएको जनाएको छ ।

पाकिस्तानले बलोचिस्तान प्रान्तमा प्रतिआतंकवाद एवम् कानुन कार्यान्वयनका नाममा सुरक्षा कारवाही सञ्चालन गर्दै आएको छ । बलोचिस्तानमा लामो समयदेखि स्वतन्त्रता माग राख्दै आन्दोलन चलिरहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : ५० बजे

उत्तरी गोरखाबाट सुत्केरी र शिशुको उद्धार

गोरखा – उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको

महाधिवेशनको मितिले कांग्रेसमा भाँडभैलो

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशनको मिति

एशियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको अध्यक्षमा नेपाल

काठमाडौं – एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व आजदेखि नेपालले गरेको

अशोक राईको जनता समाजवादी पार्टी र नेपाली कम्युनिस्ट पार्टीबीच एकताको तयारी

काठमाडौँ– विभिन्न १० कम्युनिस्ट घटक दल मिलेर बनेको नेपाली कम्युनिस्ट

महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा समावेश गराउन माग

काठमाडौं – महिला स्वास्थ्य स्वयंसेविकालाई श्रमिकको मान्यता दिई मर्यादित पेसाका