बंगलादेशविरुद्ध उपाधिको छिनोफानो हुने खेलको सुरूमै नेपालले गोल खायो « Khabarhub

बंगलादेशविरुद्ध उपाधिको छिनोफानो हुने खेलको सुरूमै नेपालले गोल खायो


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशको राजधानी ढाकाको बसुन्धरा किङ्स एरिनामा सोमबार साँझ नेपाल र बंगलादेशबीच उपाधिका लागि भिडन्त भइरहेको छ ।

घरेलु मैदानमा भइरहेको खेलमा बंगलादेशी टोलले सुरूवाती अग्रता लिएको छ । बंगलादेशका लागि सागोरिकाले खेलको आठौँ मिनेटमा गोल गर्दै अग्रता दिलाउन सफल भइन् ।

उपाधि भिडन्तका लागि भेट हुनुअघि बंगलादेशले यो प्रतियोगितामा अंक गुमाएको छैन। नेपाल प्रतियोगिताको दोस्रो खेलमै बंगलादेशसँग ३–२ को हार भोगेको थियो ।

शीर्ष स्थानमा रहेको बंगलादेशको ५ खेलबाट १५ अंकसहित फाइनलमा पुगेको हो। बंगलादेशलाई उपाधि हात पार्न बराबरी भए पुग्छ । तर उसले अग्रता नै बनाएको छ । समान खेलबाट १२ अंक जोडेको नेपाललाई जित्नै पर्ने दबाब छ ।

यसअघि नेपालसँगको पहिलो खेलमा बंगलादेशले उत्कृष्ट खेल खेलको थियो । पहिलो हाफमा २–० को अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा पनि एक गोल गर्‍यो ।

नेपाल दोस्रो हाफमा फर्किए पनि हार्न पुग्यो ७८औँ मिनेटमा अनिशा राईको पेनाल्टी र ८७औँ मिनेटमा मीना देउवाको गोलसँगै नेपालले खेल २–२ को बराबरीमा ल्याएको थियो। तर इन्जुरी समयको अन्तिम सेकेन्डमा नेपाल ३–२ ले हारेको थियो ।

नेपालविरुद्धको यस जितकै कारण बंगलादेश अंकतालिकाको शीर्ष स्थानमा रहेको छ। त्यसैले आज बराबरी खेले पनि बंगलादेश उपाधि घरमा राख्नेछ । नेपालले खेल जितेमा गोलान्तरले उपाधि उचाल्नेछ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ७ : १३ बजे

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका