भारतले साउदी अरबबाट हरेक वर्ष ३१ लाख मेट्रिक टन डीएपी मल आयात गर्ने « Khabarhub

भारतले साउदी अरबबाट हरेक वर्ष ३१ लाख मेट्रिक टन डीएपी मल आयात गर्ने


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका तीन कम्पनीले साउदी अरबबाट हरेक वर्ष ३१ लाख मेट्रिक टन डीएपी मल आयात गर्ने भएका छन् । भारतका आईपीएल, कृषक भारती कोओपरेटिभ लिमिटेड र कोरोमान्डेल कम्पनीले साउदी कम्पनीसँग यस्तो सम्झौता गरेका हुन् ।

ती कम्पनीले साउदी अरबको मआदेन कम्पनीसँग सम्झौता गरेका हुन् । सम्झौताअनुसार ती कम्पनीले साउदी अरबबाट सन् २०२५–२६ देखि पाँच वषसम्म हरेक वर्ष ३१ लाख मेट्रिक टन डाइएमोनियम फोस्फेट (डीएपी) मल आयात गर्नेछन् ।

भारतका रसायन तथा मलखादमन्त्री जेपी नड्डाको साउदी भ्रमणका क्रममा यस्तो सम्झौतामा हस्ताक्षर भएको इण्डियन एक्सप्रेसले जनाएको छ । यसअघि सन् २०२४–२५ मा भारतले साउदी अरबबाट १९ लाख मेट्रिक टन डीएपी आयात गरेको थियो ।

त्यसअघि सन् २०२३–२४ मा भारतले साउदी अरबबाट १६.२९ लाख मेट्रिक टन डीएपी आयात गरेको एक्सप्रेसले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ७ : १४ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र