भारतले साउदी अरबबाट हरेक वर्ष ३१ लाख मेट्रिक टन डीएपी मल आयात गर्ने « Khabarhub

भारतले साउदी अरबबाट हरेक वर्ष ३१ लाख मेट्रिक टन डीएपी मल आयात गर्ने


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका तीन कम्पनीले साउदी अरबबाट हरेक वर्ष ३१ लाख मेट्रिक टन डीएपी मल आयात गर्ने भएका छन् । भारतका आईपीएल, कृषक भारती कोओपरेटिभ लिमिटेड र कोरोमान्डेल कम्पनीले साउदी कम्पनीसँग यस्तो सम्झौता गरेका हुन् ।

ती कम्पनीले साउदी अरबको मआदेन कम्पनीसँग सम्झौता गरेका हुन् । सम्झौताअनुसार ती कम्पनीले साउदी अरबबाट सन् २०२५–२६ देखि पाँच वषसम्म हरेक वर्ष ३१ लाख मेट्रिक टन डाइएमोनियम फोस्फेट (डीएपी) मल आयात गर्नेछन् ।

भारतका रसायन तथा मलखादमन्त्री जेपी नड्डाको साउदी भ्रमणका क्रममा यस्तो सम्झौतामा हस्ताक्षर भएको इण्डियन एक्सप्रेसले जनाएको छ । यसअघि सन् २०२४–२५ मा भारतले साउदी अरबबाट १९ लाख मेट्रिक टन डीएपी आयात गरेको थियो ।

त्यसअघि सन् २०२३–२४ मा भारतले साउदी अरबबाट १६.२९ लाख मेट्रिक टन डीएपी आयात गरेको एक्सप्रेसले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ७ : १४ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार