आज २०८२ साल भदौ ५ गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल भदौ ५ गते बिहीबारको राशिफल


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ अगष्ट २१ तारिख। आज प्रदोष व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष: दिन सामान्य छ। हरेक काममा साथीसँग एकता गर्नु उचित हुन्छ। सापट दिएको सम्पत्ति फिर्ता नहुने जोखिम छ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट आंशिक नाफा हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

वृष: दिन राम्रो छ। विदेशको धनले मन आकर्षित गर्नेछ। विदेशमा गरेको लगानीबाट नाफा हुनेछ। राजनीतिमा महत्त्वपूर्ण नियुक्ती मिल्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन: दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी हु्नेछ।

कर्कट: दिन राम्रो छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। साथीसँगको भेटघाट रमाइलो हुनेछ। दैनिकी सहजै बित्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ।

सिंह: दिन सामान्य छ। सोचेको काममा अवरोध हुनसक्छ। मिहिनेतको फल प्राप्त नहुन सक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम बन्नेछन्।

कन्या: दिन राम्रो छ। डुब्न लागेको सम्पत्ति फिर्ता हुनेछ। कृषिमा गरेको लगानीबाट नाफा हुनेछ। घर र जग्गाको कारोबारमा फाइदा हुनेछ। परिवारसँग व्यवहार गर्दा भने सचेत बन्नुपर्नेछ।

तुला: दिन राम्रो छ। साथीहरुले प्रशंसा गर्नेछन्। शिक्षाको क्षेत्रमा श्रमको शोषण हुने जोखिम छ। राजनीतिक र सामाजिक क्षेत्रमा पदोन्नती हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

वृश्चिक: दिन राम्रो छ। ठुला व्यक्तिसँगको भेटले मनमा उत्साह बढ्नेछ। सोचेका काम सहज बन्नेछन्। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। स्वास्थ्यमा भने समस्या हुनसक्ने जोखिम रहेको छ।

धनु: दिन सामान्य छ। परिवारमा साना कुराले झन्झट बढ्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानी डुब्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा काम बन्नेछ।

मकर: दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। संकटमा परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ: दिन सामान्य छ। सानासाना कुरामा अवरोध सिर्जना हुनेछ। शनिदेव उच्च ग्रहमा भए प्रगति हुनेछ नत्र घाटा हुनेछ। शनिदेवको अवस्था हेर्न जन्मकुण्डलीको हेर्नुपर्ने छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।

मीन: दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। बोल्नु भन्दा अगाडि तीन पटक सोच्नुपर्ने समय छ। विपक्षी भनिएका साथीले राम्रो साथ दिनेछन्। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ५ : ०६ बजे

सडकमा उत्रिए निजी विद्यालयका सञ्चालक र प्रिन्सिपल (तस्बिरहरू)

काठमाडौं– विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै

बन्दीपुरमा दूधमा अनुदानका लागि ३५ लाख बजेट विनियोजन

दमौली– तनहुँको बन्दीपुर गाउँपालिकाले दूध उत्पादनमा कृषकलाई अनुदान दिन ३५

सिरहामा भन्सार छलीका सामानसहित गाडी नियन्त्रण

सिरहा– सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण  सिरहा अन्तर्गतको

ट्रम्प- पुटिन-जेलेन्स्की वार्ता हङ्गेरीको बुडापेस्टमा हुने चर्चा

वाशिङ्टन- रुस र युक्रेनबीच नयाँ शान्ति वार्ताको पहल सुरु भएको

हात्ती धपाउन जोखिम मोलेर विद्युतीय घेराबारा

झापा– मेचीनगर नगरपालिका–११ का शान्तिराम चिमरियाले जंगली हात्ती नपसोस् भनेर