विद्या भण्डारीको सम्पर्क कार्यालय उद्घाटन हुँदै, ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने « Khabarhub

विद्या भण्डारीको सम्पर्क कार्यालय उद्घाटन हुँदै, ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जननेता मदन भण्डरीको ७५ औँ हिरक जयन्ती मनाउन काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय खोलिएको छ।

बिहीबार दिउँसो उक्त कार्यालयको औपचारिक उद्घाटन हुँदैछ। दिउँसो २ बजे एमालेकी पूर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमालेकै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

विद्याकै पहलमा मदन भण्डारीको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन ‘जननेता मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ समेत गठन गरिएको छ। जसको अध्यक्ष बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल छन्।

२०४८ सालमा मदन र २०५१ मा विद्याले नै चुनाव प्रचार प्रसार गर्न उक्त घरमा कार्यालय खोलेका थिए। अहिले विद्याले त्यही घरमा आफ्नो सम्पर्क कार्यालय खोलेकी हुन्।

एमालेको साउन ५–६ को केन्द्रीय कमिटी बैठकले विद्यालाई पार्टी सदस्यता नदिने निर्णय गरेको थियो। तर उनले आफ्नो राजनीतिक यात्रा नरोकिने अडानसहित कार्यकर्तासँग सम्पर्क व्यापक बनाउन कार्यालय खोलेकी हुन्।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ६ : २५ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति