सरकार भूमिसम्बन्धी समस्या समाधान गर्न प्रतिबद्ध : महासचिव पोखरेल « Khabarhub

सरकार भूमिसम्बन्धी समस्या समाधान गर्न प्रतिबद्ध : महासचिव पोखरेल


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले भूमिमा देखिएको समस्या समाधानको पहल गरिरहेको बताएका छन्।

ललितपुरको च्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालयमा भूमि अधिकार तथा श्रमिक सङगठन, नेपालको आयोजनामा “भूमिको समस्या समाधान, आयोग एवं सरोकारवालाको भूमिका” विषयक अन्तरसंवादमा उनले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भूमि समस्या समाधान गर्ने काम गरिरहेको बताएका हुन् ।

“भूमिसम्बन्धी समस्या अहिले राखेरपछि गरौँला भन्ने पक्षमा सरकार छैन । पछि पनि भूमिको समस्या भइरहन्छ”, उनले भने, “त्यसैले सरकार जतिसक्दो भूमि समस्या समाधान गर्न खोजिरहेको छ ।”

महासचिव पोखरेलले एमाले पार्टीले भूमिमा देखिएका समस्या समाधान गर्ने कुरामा पूर्ण सहयोग रहेको बताए । उनले भूमिहीन उपेक्षित वर्गलाई अधिकार दिन कुनै राजनीतिक दलले हिचकिचाउन नहुने बताए । उनले भूमि सुकुम्वासीलाई भूमिको अधिकार राज्यले प्रदान गर्नुपर्नेमा जोड दिए ।

महासचिव पोखरेलले भूमि आयोगलाई काम गर्ने वातावरण बनाइदिएर अहिले भूमिको समस्या समाधान गर्न आग्रह गरे। “अहिले सबैभन्दा उपयुक्त समय रहेको छ । भूमि आयोगलाई काम गर्न सक्ने बनाउने जिम्मेवारी राजनीतिक दलको हो” उनले भने ।

कार्यक्रममा श्रमिक सङ्गठनका अध्यक्ष इन्द्र तामाङले भूमिहीन सुकुम्वासीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध हुनु पर्ने बताए । श्रमिक सङगठनका महासचिव उमेस आचार्यले भूमि आयोगबाट भूमिहीनका समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ९ : ११ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको