भक्त राना स्मृति चेसको तयारी अन्तिम चरणमा « Khabarhub

भक्त राना स्मृति चेसको तयारी अन्तिम चरणमा


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता ११ र १२ भदौमा हुने भएको छ । प्रतियोगिता अखिल नेपाल बुद्धिचाल संघ र नेसनल स्पोट्र्स एकेडेमीको आयोजनामा हुन लागेको हो । १९०० भन्दा कम रेटिङका खेलाडीको मात्र सहभागिता रहने सो प्रतियोगितामा स्वदेशी र विदेशी गरी २०० जनाले भाग लिने जनाइएको छ ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक अखिल नेपाल बुद्धिचाल संघका अध्यक्ष दिपेन राईले जानकारी दिए । प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गर्ने छन् । प्रतियोगिता सिनामंगलस्थित होटल रोयल एयरपोर्टमा हुनेछ ।

काठमाडौंमा आयोजना हुने बुद्धिचाल प्रतियोगिताको पुरस्कार राशि दुई लाख चार हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको लागत ११ लाख ४३ हजार रुपैयाँ छ । बाल्यकालदेखि खेलकुदमा चासो राख्ने गरेका रानाको गत वर्ष निधन भएको हो । उनी कम उमेरमै समाज परिवर्तनका लागि माओवादी युद्धमा सरिक थिए ।

आयोजक अखिल नेपाल बुद्धिचाल संघले विगतमा पनि स्तरीय प्रतियोगिता आयोजान गर्दै अएका छन् । साथै चेस खेलको विकासमा समर्पित यो संस्थाले विगतमा आयोजना गरेका हरेक प्रतियोगिता व्यवस्थापकीय रुपले उत्कृष्ट ठहरिएका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ९ : २८ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका