भक्त राना स्मृति चेसको तयारी अन्तिम चरणमा « Khabarhub

भक्त राना स्मृति चेसको तयारी अन्तिम चरणमा


५ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता ११ र १२ भदौमा हुने भएको छ । प्रतियोगिता अखिल नेपाल बुद्धिचाल संघ र नेसनल स्पोट्र्स एकेडेमीको आयोजनामा हुन लागेको हो । १९०० भन्दा कम रेटिङका खेलाडीको मात्र सहभागिता रहने सो प्रतियोगितामा स्वदेशी र विदेशी गरी २०० जनाले भाग लिने जनाइएको छ ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक अखिल नेपाल बुद्धिचाल संघका अध्यक्ष दिपेन राईले जानकारी दिए । प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गर्ने छन् । प्रतियोगिता सिनामंगलस्थित होटल रोयल एयरपोर्टमा हुनेछ ।

काठमाडौंमा आयोजना हुने बुद्धिचाल प्रतियोगिताको पुरस्कार राशि दुई लाख चार हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको लागत ११ लाख ४३ हजार रुपैयाँ छ । बाल्यकालदेखि खेलकुदमा चासो राख्ने गरेका रानाको गत वर्ष निधन भएको हो । उनी कम उमेरमै समाज परिवर्तनका लागि माओवादी युद्धमा सरिक थिए ।

आयोजक अखिल नेपाल बुद्धिचाल संघले विगतमा पनि स्तरीय प्रतियोगिता आयोजान गर्दै अएका छन् । साथै चेस खेलको विकासमा समर्पित यो संस्थाले विगतमा आयोजना गरेका हरेक प्रतियोगिता व्यवस्थापकीय रुपले उत्कृष्ट ठहरिएका थिए ।

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  ९ : २८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको