बजेट अभावमा पाँच वटा पुल निर्माणमा ढिलाइ « Khabarhub

बजेट अभावमा पाँच वटा पुल निर्माणमा ढिलाइ


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गोदावरी– बजेट अभावका कारण  हुलाकी सडक आयोजना अन्तर्गतका पाँच वटा पुल निर्माणमा ढिलाइ भएको छ ।   

हुलाकी सडक आयोजना कार्यालयका अनुसार धनगढीमा दुई वटा पुल निर्माण तोकिएको म्यादमा सम्पन्न नभएका हुन् । ती पुल निर्माण सम्पन्न गर्ने म्याद दुई वर्ष थप गरिए पनि ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । 

धनगढी उपमहानगरपालिका–१ र २ जोड्ने र वडा नं १ र ८ जोड्ने खोलामा २५-२५ मिटर लम्बाइका दुई पुल ३० महिनामा सम्पन्न गर्ने गरी २०७८ फागुन १९ गते ३० रु आठ करोड २३ लाख ७३ हजारमा मालिका निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो । 

सुरुमा निर्माण कम्पनीले ढिलाइ गरेको र पछिल्ला वर्षमा बजेट अभावमा ती पुल निर्माणमा ढिलाइ भएको हुलाकी सडक आयोजना कार्यालय धनगढीले जनाएको छ । 

त्यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने डोङ्डा नदीमा पुल बनाउन २०७९ असार ५ गते शान्ति निर्माण सेवा प्रालिसँग २०८२ पुस गते सम्पन्न गर्ने गरी रु ३३ करोड ५५ लाख ३३ हजारमा ठेक्का सम्झौता भएको थियो । तीन वर्षमा पुलको दुई पिलर हाल्ने काम मात्रै भएको छ । सो पुलको ३० प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ ।

कञ्चनपुरको बेलौरी–दैजी खण्डको टीसीएन खोलामा आरसीसी बक्स कल्भर्ट बनाउने ठेक्का लागेको थियो । मालिका निर्माण सेवाले नै रु तीन करोड १२ लाख ६९ हजारमा २०८० वैशाख १७ गते ठेक्का लिएकोमा ९० प्रतिशत काम सम्पन्न गरेको छ ।

कञ्चनपुरकै अम्खोइया खोलामा आरसीसी बक्स कल्भर्ट निर्माणका लागि २०८० साउन १ गते नीरज भौनेली श्रीयाज जेभीसँग  तीन करोड २७ लाख ७६ ठेक्का लिएकोमा ७० प्रतिशत काम सम्पन्न भएको छ । यो ठेक्काको सुरु म्याद २०८१ असोज ३० गते सकिएको छ । 

निर्माणाधीन यी पुलको ठेक्काका लागि थप गरिएको म्याद पनि असारमा सकिएको आयोजना कार्यालय धनगढीका इञ्जिनियर रमेश पन्तले बताए।
 

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १ : ०६ बजे

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी