विद्या भण्डारीलाई साथ दिन पुगे ईश्वर पोखरेल र युवराज ज्ञवाली   « Khabarhub

विद्या भण्डारीलाई साथ दिन पुगे ईश्वर पोखरेल र युवराज ज्ञवाली  


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्‌घाटन कार्यक्रममा सहभागी हुन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष  ईश्वर पोखरेल र उपाध्यक्ष युवराज ज्ञवाली पुगेका छन्। 

जननेता मदन भण्डरीको हीरक जयन्ती मनाउन भनेर खोलिएको थापागाउँस्थित यस कार्यालयबाटै एमालेकी पूर्वउपाध्य विद्या भण्डारीले राजनीतिमा सक्रिय हुने भएकी छन् । 

बिहीबार दिउँसो उक्त कार्यालयको औपचारिक उद्‌घाटन गरिएको छ । भण्डारी र एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले कार्यालय उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दैछन् । 

विद्याकै पहलमा मदन भण्डारीको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन ‘जननेता मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ समेत गठन गरिएको छ । जसको अध्यक्ष बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् । 

२०४८ सालमा मदन र २०५१ मा विद्याले नै चुनाव प्रचार प्रसार गर्न उक्त घरमा कार्यालय खोलेका थिए । अहिले विद्याले त्यही घरमा आफ्नो सम्पर्क कार्यालय उद्‌घाटन गरेकी  हुन् । 

एमालेको साउन ५-६ को केन्द्रीय कमिटी बैठकले विद्यालाई पार्टी सदस्यता नदिने निर्णय गरेको थियो । तर उनले आफ्नो  राजनीतिक यात्रा नरोकिने अडानसहित कार्यकर्ताहरूसँग सम्पर्क व्यापक बनाउन कार्यालय खोलेकी हुन् ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  २ : ३३ बजे

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार