विद्या भण्डारीलाई ईश्वर पोखरेलको ढाडस- चुनौती आए भनेर मनोबल कमजोर नबनाउनू « Khabarhub

विद्या भण्डारीलाई ईश्वर पोखरेलको ढाडस- चुनौती आए भनेर मनोबल कमजोर नबनाउनू


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्भावित चुनौतीका बाबजुद मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्।

पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय उद्‌घाटन कार्यक्रममा बोल्दै पोखरेलले जननेता मदन भण्डारीले सुरु गरेको विचारको शुद्धीकरणलाई निरन्तरता दिनुपर्ने बताए।

 उनले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) लाई ‘मौसमी’ भनेर बुझ्न नहुने स्पष्ट पार्दै उनले भने, ‘टोपी लगाउने मात्रै विचारका संवाहक होइनौँ, जबजलाई व्यवहारमा उतार्न सक्षम हुनु पर्दछ ।’

उनले जबज मार्क्सवादको विकासक्रमबाट बनेको विचार भएको भन्दै यसका पक्षमा उभिँदा चुनौती आउनु स्वाभाविक रहेको उल्लेख गरे। ‘चुनौती सँधै आउँछन्। त्यसको सामना गर्नुबाहेक अर्को विकल्प छैन,’ पोखरेलले भने।

उनले एमालेको तर्फबाट कुरा राख्दै भोग्नुपर्ने अप्ठ्यारा र चुनौतीलाई स्वीकार्दै अघि बढ्न पनि विद्या भण्डारीलाई  सुझाव दिए । उनले ढाडस दिँदै भने, ‘चुनौती आए भनेर मनोबल कमजोर नबनाउनू। हामी चुनौती सामना गरेर नै यहाँसम्म आएका हौं’ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ३ : १४ बजे

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को