‘असल न्यायाधीश’ को निधन « Khabarhub

‘असल न्यायाधीश’ को निधन


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन– अदालतमा आफ्नो सहानुभूति र विनम्र व्यवहारका कारण इन्टरनेटमा चर्चित भएका अमेरिकी न्यायाधीश फ्रान्क क्याप्रियोको ८८ वर्षको उमेरमा निधन भएको उनको परिवारले सामाजिक सञ्जालमार्फत घोषणा गरेको छ ।

सेवानिवृत्त रोड आइल्यान्ड न्यायाधीश क्याप्रियोले सन् २०२३ मा अवकास लिनुअघि करिब चार दशकसम्म बेन्चमा सेवा गरेका थिए । साना कानूनी उल्लङ्घनहरूमा उनको सहानुभूतिपूर्ण दृष्टिकोणले उनलाई विशेष बनाएको थियो ।

“प्यानक्रिएटिक क्यान्सरसँग लामो र साहसी सङ्घर्षपछि परिवार र साथीहरूको घेरामा मेरा पिता न्यायाधीश फ्रान्क क्याप्रियोको निधन भएको समाचार साझा गर्दा म गहिरो दुःखी छु”, उनका छोरा डेभिड क्याप्रियोले बुधबार न्यायाधीशको इन्स्टाग्राम खातामा पोस्ट गरिएको भिडियोमा भने ।

उनको परिवारले जारी गरेको विज्ञप्तिमा क्याप्रियो ‘गहिरो करुणा, नम्रता र मानवतामा अटुट विश्वासका कारण संसारभर प्रिय बनेको’ र ‘मानवताको उत्कृष्ट उदाहरण’ भएको उल्लेख छ ।

मङ्गलबार, अस्पतालको शय्याबाट स्वास्थ्यमा ‘गम्भीर समस्या’ आएको भन्दै उनले प्रार्थना माग्दै भिडियो पनि पोस्ट गरेका थिए ।

सन् २००० मा सुरु भएको उनको कोर्टरुम रियालिटी टिभी कार्यक्रम ‘क्याच इन प्रोभिडेन्स’ मा ट्राफिक उल्लङ्घन र पार्किङ टिकटसँग जुधिरहेका व्यक्तिप्रति उनले देखाएको दयालु व्यवहारलाई दर्शाइएको थियो ।

सो कार्यक्रमका क्लिपहरू सामाजिक सञ्जालमा भाइरल भए । त्यहाँ प्रायः उनले सङ्घर्षरत परिवारहरूको जरिवाना खारेज गरेको वा बालबालिकाहरूलाई आफ्ना आमाबाबुको सजाय निर्णयमा सहभागी हुन दिएको देखिन्थ्यो ।

उनले सामाजिक सञ्जालमा लाखौँ अनुयायी प्राप्त गरेका थिए । तिनीहरूले उनलाई ‘संसारको सबैभन्दा राम्रो न्यायाधीश’ भनेर सम्बोधन गरे ।

क्याप्रियोले ‘कम्प्यासन इन द कोर्टः लाइफ–चेन्जिङ स्टोरिज फ्रम अमेरिकाज नाइसेस्ट जज’ शीर्षकमा आत्मकथा पनि प्रकाशित गरेका थिए ।

सन् १९३६ मा जन्मिएका क्याप्रियो प्रोभिडेन्स, रोड आइल्यान्डमा हुर्किएका थिए । आफ्नो प्रारम्भिक जीवनमा उहाँले जुत्ता पालिस गर्ने र पत्रिका वितरण गर्ने जस्ता काम गरेक थिए ।

बोस्टनको सफोक युनिभर्सिटी स्कुल अफ लमा अध्ययन गर्दा उनी दिनमा स्कुल शिक्षकको रूपमा काम गर्थे । अन्ततः सन् १९८५ देखि २०२३ सम्म प्रोभिडेन्स नगरपालिका अदालतको मुख्य न्यायाधीशको रूपमा सेवा गरे ।

रोड आइल्यान्डका गभर्नर डान म्याकीले क्याप्रियोलाई ‘न्यायविद मात्र नभई सहानुभूतिका प्रतीक’ भन्दै प्रशंसा गरे । उनले भने, “उहाँले हामीलाई जब न्याय मानवतासँग मिसिन्छ, तब असाधारण सम्भावनाहरू खुल्छन् भनेर देखाउनुभयो ।”

गभर्नरले न्यायाधीशको सम्झनामा राज्यको झण्डा आधा झुण्ड्याउने आदेश पनि दिएका छन् ।

उनको परिवारले भनेको छ, “उहाँलाई एक सम्मानित न्यायाधीश मात्र नभई मायालु पति, बुबा, हजुरबुबा र साथीका रूपमा पनि सधैँ सम्झिनेछौँ ।”

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ४ : ०१ बजे

जेन-जी आन्दोलमा झापामा जलेका संरचना निरीक्षण गरेर चुनावी अभियान सुरु गर्दै ओली

काठमाडौं – उम्मेद्वारी दर्ताका लागि झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने