फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ « Khabarhub

फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले उज्वेकिस्तानको कर्सी सहरमा सञ्चालन हुने एएफसी ओमन्स क्लब च्याम्पिएन्स २०२५-२०२६ मा सहभागी हुन जान लागेका नेपाल एपीएफ क्लबका फुटबल खेलाडी, प्रशिक्षक र अधिकारीहरूलाई बिदाइ गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हलचोकमा एक समारोहबीच सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले एसियन फुटबल कन्फेरेडेसनको आयोजनामा यही भदौ ९ देखि १५ गते (अगस्ट २५ देखि ३१) सम्म हुने उक्त खेलमा सहभागी हुने खेलाडीसहितका प्रतिनिधिहरूलाई बिदाइ गरेका हुन् ।

महानिरीक्षक अर्यालले जितको भावनाका साथ खेल खेल्न अनुरोध गरे। उनले खेल सङ्गठनको मात्र नभई राष्ट्रको गौरवको कुरा भएकाले खेलाडीले अनुशासित भई खेल्नुपर्ने तथा यसलाई महत्वपूर्ण अवसरको रुपमा लिनुपर्ने भनाइ राखे । 

त्यस अवसरमा महानिरीक्षक अर्यालले अग्नि इनकर्पोरेट प्रालिका प्रबन्धक निर्देशक अर्जुनप्रसाद शर्मालाई आइजी एपीएफ कमेण्डेसनबाट सम्मान गरे । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले खेलाडीहरूले जितको शुभकामना दिए । 

त्यस अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल, सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजी, सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालय काठमाडौँका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसीनालगायतको उपस्थिति थियो ।
 

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ७ : ५१ बजे

‘सार्वजनिक ऋणको बारेमा जनताले थाहा पाउनुपर्छ’

सार्वजनिक ऋण भनेको सरकारको ऋण हो हामीले किन थाहा पाउनुपर्यो

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि

शिक्षामन्त्रीको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइमा समस्या हुँदैन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज