बागलुङको काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण « Khabarhub

बागलुङको काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको छ । आर्थिक वर्ष २०८०–०८१ मा गाउँपालिकाले विनियोजन गरेको तीन करोड ६४ लाख ६५ हजारमा वडा नम्बर ७ स्थित रेशमा अस्पताल निर्माण गरिएको हो । सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोलाले तीन वर्ष अगाडि नै गाउँगाउँमा आधारभूत स्वास्थ्य सेवा पुर्याएको थियो ।

नागरिकलाई गाउँबाटै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आधारभूत अस्पताल बनाएको हो । पालिकामा अहिलेसम्म स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइबाहेक अन्य स्वास्थ्य संस्था थिएनन् । स्थानीयलाई अलि जटिल प्रकारको स्वास्थ्य समस्या देखिए बागलुङ बजार जानुको विकल्प छैन । गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ ।

पालिकाका सात वडामा सात स्वास्थ्यचौकी तथा चार स्थानमा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरी सञ्चालनमा छन् । साविकका रेश, भिमापोखरा, बिहुँकोट, लेखानी, धम्जा, तङ्ग्राम र लेखानी गाविसमा एक–एकवटा स्वास्थ्यचौकी भए पनि नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउन सकेका थिएनन् । टाढाका गाउँलेलाई लक्षित गरी रेशमा अस्पताल बनाउन लागेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए ।

गाउँगाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएपछि उपचारका लागि सहज भए पनि सेवाको गुणस्तर र जटिल रोगको उपचार पनि गाउँमै गर्न आधारभूत अस्पताल निर्माण प्रारम्भ भएको उनको भनाइ छ । सोह्र महिनामा निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीले २०८१ साउनदेखि काम सुरु गरको थियो । करिब छ महिनाअगावै काम सकिएको अध्यक्ष थापाले जानकारी दिए ।

उनले भने, ‘हरेक नागरिकले सहज रूपमा स्वास्थ्योपचार गर्न पाउनुपर्छ । त्यसैले पालिकाको विभिन्न वडामा स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर पहिलेदेखि नै सेवा दिँदै आएका छौँ, अब एउटा अस्पताल पनि आवश्यक देखिएको हुँदा वडा नम्बर ७ मा पाँच शय्याको अस्पताल निर्माण सम्पन्न भएको छ, केही समयमै सेवा सञ्चालन हुनेछ ।’

काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले यहाँ स्वास्थ्यचौकी मात्र रहेकाले आधारभूत अस्पताल निर्माण गरेको बताए । अब स्वास्थ्यचौकीको सेवा आधारभूत अस्पतालमै गाभिने र सेवा थप गरेर प्रवाह गरिने छ । पछिल्लो पाँच वर्षमा काठेखोलाले वडा नम्बर ८ कादेसमा स्वास्थ्य एकाइ, वडा नम्बर १ दोबिल्ला स्वास्थ्य एकाइ, वडा नम्बर ४ मा फापरखेत स्वास्थ्य एकाइ र वडा नम्बर ५ मा बिहुँ स्वास्थ्य आधारभूत स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको छ । (रासस)

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ७ : ३४ बजे

शनिबारदेखि कीर्तिपुरमा विश्वकप लिग-२

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, यूएई

काठमाडौंमा वायु प्रदूषण बढ्यो : एक्युआई

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षात्

पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

तनहुँ– यहाँस्थित व्यास नगरपालिका–१० दुम्सीबजारमा १५ शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा भइरहेको छ ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।